आइत, मंसिर १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएनएको टोलीको प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग भेट

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
एनआरएनएको टोलीको प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग भेट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को टोलीले  अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल तथा भौतिक पूर्वाधार, यातायात तथा  मन्त्रीसन्त्री कुलमान घिसिङसँग संयुक्तरुपमा भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको भेटमा एनआरएनएको टोलीले अन्तरिम सरकारलाई बधाई तथा सफलताको  शुभकामना व्यक्त गर्दै विभिन्न विषय समेटिएको ज्ञापन पत्र पनि बुझाएको हो ।

छलफलमा एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठले अहिले संघले हालै प्रदर्शनका क्रममा क्षतिग्रस्त ट्राफिक प्रहरीको कन्ट्रोल रुम पुनर्निर्माणमा  काम गरिरहेको र थप अरू के गर्ने भन्ने विषयमा छलफल भई रहेको जानकारी दिएका थिए ।

उक्त भेटमा  प्रधानमन्त्री कार्कीले देश विकासमा एनआरएनहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै अहिलेको कठिन परिस्थितिमा नेपालको पुनर्निर्माण मा सघाउन संसार भरिका नेपालीहरू लाई आग्रह गरिन्।  उनले नेपाल सरकार संघसंग सहकार्य गर्न तत्पर रहेको पनि बताइन्।

यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गत भदौ २३–२४ मा  जेन जीद्वारा आह्वान गरिएको  आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनाहरू ध्वस्त भएको बताउँदै अहिले तत्काल सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रिन्ट गर्ने मेसिन  आवश्यक रहेको र त्यसका लागि सहयोग गर्न एनआरएनलाई आग्रह गरेका थिए । अध्यक्ष श्रेष्ठले यस विषयमा कार्यसमितिको आगामी बैठकबाट निर्णय गर्ने बताएका थिए ।

छलफलमा एनआरएनका पूर्व अध्यक्ष  तथा उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले  सरकारलाई आवश्यक पर्ने कुनै प्रोजेक्ट भए आफू नेतृत्वको एमआईटी फाउन्डेसन सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

एनआरएनका पूर्व अध्यक्ष कुल आचार्यले गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि आग्रह गर्दै सामाजिक सुरक्षा कोषको रकम देश विकासमा परिचालन गर्न आग्रह गरे।  उनले संसार भरिका एनआरएनहरू नेपालमा हालै भएको धनजनको क्षतिबाट दुखी भएको जनाउँदै पुनर्निर्माणमा  हातेमालो गर्न तत्पर रहेको बताएका थिए।

त्यसैगरी, एनआरएन कै पूर्व अध्यक्ष आरके शर्माले गैरआवासीय नेपाली नागरिकता, सामाजिक सुरक्षा कोष र रेमिटेन्सलाई बचतमा रूपान्तरण गर्ने सामूहिक लगानीका विषयहरू उठाएका थिए  । उनले श्रमिक नेपालीहरूको समस्या सम्बोधन गर्न नेपाल सरकारलाई आग्रह पनि गरे ।

उक्त भेटघाटमा एनआरएन अगुवाहरूले नेपालमा निजी क्षेत्र लगायत एनआरएनहरूको निजी सम्पत्ति तथा लगानीको सुरक्षा प्रत्याभूति गर्न पनि आग्रह गरेका थिए।

भेटघाटमा एनआरएनए उच्चस्तरीय समितिका सदस्य सचिव द्वय रबिना थापा तथा जानकी गुरुङ, श्रीमती जमुना घले, युएनडीओका अध्यक्ष सोनाम लामा लगायत सहभागी थिए ।

यो पनि पढ्नुहोस्

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

१६ घण्टा अगाडि
स्थानीय तहबीच सहकार्य आवश्यक

स्थानीय तहबीच सहकार्य आवश्यक

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

फूट र विभाजनले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्याे

लैङ्गिक हिंसाको सम्बोधनको लागि थप क्रियाशील हुँदै नेपाल प्रहरी

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक