काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज पनि अध्ययन अनुमतिपत्र एनओसी जारी राखेको छ ।
सानो थिमिस्थित एनओसी शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार सेवाग्राही विद्यार्थीको अनुरोधमा एनओसी जारी गरिएको हो ।
बिहान ११ बजेसम्म १८ वटा एनओसी शाखाले जारी गरेको छ । जेनजी आन्दोलनको क्रममा शहीद भएकाको सम्झनामा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।


