काठमाडौं । कास्की, पोखरा महानगरपालिका-४ मानव अधिकारचोकस्थित कुमार गुरूङको रूपा हिल दोहोरी साँझको किचन कोठामा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पर्सा, वीरगंज महानगरपालिका-४ स्थित नारायणी अस्पतालको औषधि स्टोर रूममा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
बारा, पचरौता नगरपालिका-९ कुडवा बस्ने लाल बाबु साहको गोठमा गए राति आगलागी हुँदा करिब २ लाख ५० रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


