बुध, भदौ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

काँग्रेस, एमाले र माओवादीका कारण जेनजी आन्दोलन

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
काँग्रेस, एमाले र माओवादीका कारण जेनजी आन्दोलन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । दुई कम्युनिस्ट पार्टीबीच एकता भएको छ । लोकनारायण सुवेदीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र नारायणप्रसाद शर्माले नेतृत्व गरेको अखिल नेपाल कम्युनिस्ट पार्टीबीच एकता घोषणा गरिएको छ ।

सोमबार संवाद डबलीमा पार्टी एकता घोषणा कार्यक्रम गर्दै नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने सहमति भएको घोषणसभामा जानकारी दिइएको छ । पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सुवेदी र शर्माले पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेलिननवाद र माओविचारधारा हुने जानकारी दिए ।

त्यसैगरी नयाँ जनवादी क्रान्ति पूरा गर्दै समाजवाद हुँदै साम्यवादी समाज स्थापना गर्ने पार्टीको उद्देश्य रहेको समेत घोषणा कार्यक्रममा जानकारी दिइएको छ । ‘नयाँ जनवादी पुँजीवादी जनवादी क्रान्ति नै हो । नयाँ जनवादी क्रान्ति सर्वहारा वर्गको नेतृत्वमा मजदुर किसान, राष्ट्रिय पुँजिपतिलगायत शोषित पीडित वर्ग र समुदायका जनताको संयुक्त जनवादी अधिनायकत्व रहेको जनवादी राज्यव्यवस्था कामय गर्दै समाजवादमा संक्रमण हुने पृष्ठभूमि तयार गर्नेछ’ एकता आधारपत्रमा उल्लेख छ ।

नयाँ पार्टीको क्रान्तिको बाटो सशस्त्र संघर्ष र जनविद्रोहको संयोजित रुपमा हुने आधारपत्रमा उल्लेख छ । त्यस्तै, शोषित उत्पीडित वर्ग र समुदाय र सामन्तवाद, साम्राज्यवादप्रति सम्झौतापरस्त दलाल तथा नोकरशाही पुँजिवादी वर्ग र तिनको बर्चस्व रहेको संसदीय व्यवस्थाबीच मुख्य अन्तरविरोध रहेको ठहर पनि गरिएको छ ।

नयाँ पार्टीले श्रमजिवी, मजदूर, किसान, भूमिहिन, सुकुम्बासीलाई नयाँ जनवादी क्रान्तिका प्रेरक शत्रि नयाँ जनवादी क्रान्तिका मित्र शक्ति भएको बताउँदै निम्न पुँजिपति, मध्यम वर्ग, उत्पीडित जाति जनजाति, महिला, दलित, अल्पसंख्या आदिवासी, मधेसी, मुस्लिमलाई क्रान्तिका शक्ति भएको सुवेदीले बताए ।

त्यसैगरी नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कारण जेनजी आन्दोलनमार्फत असन्तोष विस्फोट भएको बताउँदै पार्टीलाई देशको वैकल्पिक शक्तिको रुपमा निर्माण गर्न देशभक्त, क्रान्तिकारी शक्ति, उत्पीडित समुदाय सामन्तवाद साम्राज्यवाद विरोधीलाई गोलबन्द गर्दै बृहत क्रान्तिकारी राजनीतिक वैकल्पिक शक्ति निर्माण गर्ने दुबै पार्टीका नेताहरुले बताए ।

यो एकताले छरिएका विभिन्न नेपाली क्रान्तिकारी कम्युनिस्ट पार्टी, समूह, संघसंस्थाहरु र स्वतन्त्र व्यक्तिहरुलाई एकीकृत र ध्रुविकृत गर्ने र कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने सुरुवाती प्रक्रियाको कठी हुने विश्वास लिएको शर्माले बताए ।

एकीकृत पार्टीको संयोजक लोकनारायण सुवेदीलाई चयन गरिएको छ । त्यस्तै, सुवेदीसहित १४ सदस्यीय सचिवालय बनाइएको छ । जसमा नारायण शर्मा, शरणबिक्रम मल्ल, लक्ष्मण उप्रेती, भीम सेढाई, एकलाल श्रेष्ठ, पुष्कर गौतम, महेन्द्र जोशी, अन्कुलकुमार राउत, मुकुन्द आचार्य, रामदुलार महतो, भीमकुमार  वान्तवा, बद्री अधिकारी र महादीप पोखरेल रहेका छन् भने ३५ सदस्यीय पोलिटब्यूरो सदस्यहरुको नाम सार्वजनिक गरिएको छ ।

यो पनि पढ्नुहोस्

Live : प्रतिनिधिसभा बैठक सुरु

सभामुखकाे नियमित स्वास्थ्य परीक्षण

२२ घण्टा अगाडि
मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक