काठमाडौं । काठमाडौं जिल्ला अदालतले लुटपाट भएका सामग्री फिर्ता गरिदिन आग्रह गरेको छ । लुटपाट भएका सामग्री बुझाइदिन अदालतले सूचना नै जारी गरेको छ ।
सूचनामा उल्लेख भए अनुसार यही भदौ २४ गते प्रदर्शनका क्रममा जिल्ला अदालतबाट कम्युटर, स्यापटप, प्रिन्टर, स्क्यानर लगायत अन्य भौतिक सामग्री लुटपाट तथा चोरी भएका छन् । ति सामान फिर्ता गरिदिन आग्रह गरेको हो ।


