काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न टिचिङ अस्पताल पुगेका छन्।
पदभार ग्रहण गर्नुअघि मन्त्री घिसिङ घाइते भेट्न भएका हुन्। कुलमानलाई ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
घिसिङलाई हिजो प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन्। शीतलनिवासमा शपथलगत्तै उनी घाइते भेट्न हिँडेका हुन्।


