काठमाडौं । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ स्थित सडकमा सिमराबाट वीरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०५७ प ४८७९ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक काठमाडौं तारकेश्वर नगरपालिका-४ बस्ने २६ वर्षीय जेनिस लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परावानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
नवलपरासी पूर्व, देवचुली नगरपालिका-१३ बौलाहाखोलास्थित सडकमा कावासोतीबाट सिजीतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०४-००१ प ७९३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक कावासोती नगरपालिका-३ बस्ने ३२ वर्षीय चुम बहादुर सुनारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल देवचुली दुम्कौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

