बुध, चैत्र ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सामाजिक सञ्जाल एक्कासी बन्द गरिनु गलत

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
0
सामाजिक सञ्जाल एक्कासी बन्द गरिनु गलत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सामाजिक सञ्जाल एक्कासी बन्द गरिनु गलत रहेको जनाएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसले सामाजिक सञ्जाल बन्द गर्न हुँदैन भनिसकेको जनाए।

‘हामीले प्रष्ट बोलेका के छौं भनेदेखि– सामाजिक सञ्जाल बन्द गर्न हुँदैन । तर, यसको वैधानिक कार्यान्वयन पनि जरुरी छ । वैधानिक बनाउनको लागि सरकारले कूटनीतिक तथा प्राविधिक रुपमा अन्य उपायहरु खोजी गर्नुपर्छ । एक्कासी बन्द गर्नु गलत हो भनिसकेका छौं,’– नेता विश्वकर्माले भने ।

उनले सामाजिक सञ्जाल बन्द गर्ने कुरामा सरकारको काम गर्ने ढंग नपुगेको उनले बताए । सरकारले यो अवस्था आउनुभन्दा पहिला नै यसको व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ । नागरिकले प्रयोग गर्दै आएको सूचनाको माध्यमहरुलाई सहज ढंगले प्रयोग गर्न पाउनुपर्ने उनले जनाए ।

यद्यपि सरकारले आफ्नो कानूनी दायरामा पनि राख्नुपर्ने उनको भनाइ छ । ‘तपाईँ हामीले व्यापार गर्न पाउनुपर्छ । तर, तपाईँ हामीले गरेको व्यापार राज्यलाई थाहा हुनुपर्छ,’– उनले भने ।

सामाजिक सञ्जाल बन्द गराएर सरकारले अहंकार देखाएजस्तो गरेको पनि उनले टिप्पणी गरे । नेता विश्वकर्माले तिमी दर्ता गर्न आउँछौं भने आउ, नत्र बन्द गरिदिन्छौं भन्ने सरकारको शैली व्यवहारिक नरहेको उनको भनाइ छ । सामाजिक सञ्जाल बन्द हुँदा तल्लो तहका नागरिकहरुमा झनै समस्या परेको उनको धारणा छ ।

‘अहंकार देखाएको जस्तो । सरकारले हामी सरकार हो । तिमीहरु सबै आउँछौं भने आओ, नत्र रोकिदिन्छु भन्ने ढंगको अहिले जुन गतिविधि भयो । त्यही चाहिँ गतिविधि व्यवहारिक देखिएन, नागरिकको हितमा देखिएन । किनभने नागरिकले सामाजिक सञ्जालबाट व्यापार गरिराखेका छन्, सामाजिक सञ्जालबाट आफ्नो कार्यालय सञ्चालन गरिराखेका छन् । तपाईँ हामीलाई नै बाधा परेको छ भने तल्लो तहका सामान्य नागरिकहरुलाई त झन कति समस्या परेको होला । सम्पर्क विच्छेद भएको छ,’– उनले भने ।

यो पनि पढ्नुहोस्

रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रविकाे सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

११ घण्टा अगाडि
 पूर्वपदाधिकारीलाई मापदण्ड भन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउ

नेपाल–चीन सम्बन्धमा असर पुर्‍याउने घटनाकाे छानबिन गरेर कारबाही अघि बढाउन निर्देशन

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाकाे अभिमुखिकरणमा प्रतिनिधिसभा सदस्यहरू आउने क्रमजारी

समानुपातिक  उम्मेदवारले चैत ५ गते प्रमाणपत्र पाउने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भक्तिरसमा आधारित जय बाघ भैरव म्यूजिक भिडियाे सार्वजनिक

रविकाे सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

राजनीतिक नियुक्तिप्रति आलोचना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक