काठमाडौं । दूरदराजका कथा भन्ने युट्युब कार्यक्रम हेर्न कथाले सरकारको अवरोधका थप शृङ्खला प्रसारण गर्न नसकिएको जनाएको छ।
शनिबार बिहान एक सूचना जारी गर्दै हेर्ने कथाले यस्तो जनाएको हो ।
हेर्ने कथाले शनिबार साँझका लागि टुसाको कथा प्रसारण गर्न लागेको तर सरकारले युट्युव र फेसबुक लगायतका सामाजिक सञ्जाल प्रसारणमा अवरोध गरेका कारण प्रसारण गर्न नसकिएको हेर्ने कथाकी सञ्चालिका विद्या चापागाईंले जारी गरेको सूचनामा उल्लेख छ ।
‘नेपाल सरकारले युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोगमा अवरोध गरेका कारण, आज साँझ ७ बजे हेर्ने कथाको युट्युब च्यानलमा प्रसारण गर्न तय भएको टुसाको कथा हाल प्रसारण गर्न नसकिएको जानकारी गराउँदछौँ,’ चापागाईंले जारी गरेको सूचनामा उल्लेख छ।
कथा प्रसारण गर्न नसकिएकोमा हेर्न कथाले दर्शक स्रोतासँग माफी समेत मागेको छ।


