काठमाडाैं । चन्द्रागिरि नगरपालिका भित्रका सबै निजी र सरकारी विद्यालयमा नेपालभाषा र तामाङ भाषामा स्थानिय विषय पढाउने निर्णय गर्नु भएकोले चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरि, उप मेयर बसन्ती श्रेष्ठ, प्रवक्ता कृष्ण प्रसाद खड्गी लगायतलाई जनस्तर बाट सम्मान गरिएको छ ।
स्थानिय धनबिर महर्जन र रमा महर्जनको नेतृत्वमा संचालित सम्मान कार्यक्रममा नेवार समुदायको प्रतिनिधिले फूलमाला र तामाङ समूदायको प्रतिनिधिले खाँदा ओढाई मेयर, उप मेयर लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्नु हुँदै मेयर, उप मेयर र प्रवक्ताले अब आउने कार्यपालिका बैठकमा आवश्यक नीति नियम छ्लफल गरी शिक्षक दरबन्दी सहित नेवा: र तामाङ भाषामा स्थानिय विषय पढाउने नीति पारित गर्ने जनाउनु भएको छ ।


