काठमाडाैं । शंखरापुर नगरपालिकामा रहेका सम्पूर्ण निजी र सरकारी विद्यालयहरूमा नेपालभाषा र तामाङ भाषा पढाउने प्रतिबध्दता स्थानीय जनप्रतिनिधिहरूले जनाएका छन् ।
गत शुक्रबार शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, उप मेयर समिता श्रेष्ठ यस्ताे प्रतिबध्दता जनाएकाे हाे ।
जसकाे स्थानिय भाषासेवीहरु यचु जोशी, तेज बहादुर योंजन, बसि, रोशन श्रेष्ठ, शिबेश बज्राचार्य, रवि शर्मा (शिक्षा अधिकारी), शनपा शिक्षा विभाग, दिपक तुलाधर (कामपा नेपालभाषा समिति), श्रीकृष्ण मानन्धर (टोखा नेपालभाषा समिति), दिपेन्द्र डंगोल (टोखा नेपालभाषा समिति), धनबिर महर्जन (चन्द्रागिरि नेपालभाषा समिति), रमा महर्जन (चन्द्रागिरि नेपालभाषा समिति) भिंतुना श्रेष्ठले पहल गरेकाे थियाे ।


