मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्पेनको महिला फोरमबाट गोरखाको प्रजा ज्योति विद्यालयमा शैक्षिक सामग्री वितरण

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
स्पेनको महिला फोरमबाट गोरखाको प्रजा ज्योति विद्यालयमा शैक्षिक सामग्री वितरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

गोरखा । नेपालको चेपाङ समुदायका बालबालिकाहरूको शिक्षा सुधारमा योगदान पुर्‍याउने क्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको महिला फोरमले गोरखा जिल्लाको गण्डकी गाउँपालिकामा अवस्थित प्रजा ज्योति आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

स्पेनमा बसेर पनि मातृभूमिको सेवा गर्ने भावनाका साथ आयोजित यो कार्यक्रमले स्थानीय समुदायमा आशा जगाएको छ।

एनआरएनए स्पेनका पूर्व अध्यक्ष तथा हाल अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)का सचिव चिन्तामणी सापकोटाले एनआरएनए स्पेन महिला फोरमको तर्फबाट विद्यालयलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन् । सापकोटा आइसीसीको ‘वान एनसीसी, वान च्यारिटी’ अभियानका संयोजक पनि छन् ।

अभियानले विश्वभरका एनआरएनए एनसीसीहरूलाई सामाजिक सेवामा जोड्ने लक्ष्य राखेको छ । उनले विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष तथा वडा सदस्य कल्पना चेपाङ र प्रधानाध्यापक निर्मला अर्याल रेग्मीलाई सामग्रीहरू प्रदान गरे ।

यो विद्यालयमा मुख्य रूपमा चेपाङ समुदायका ६३ जना बालबालिकाहरू अध्ययनरत छन् । आर्थिक अभावका कारण उनीहरूको शिक्षा प्रायः प्रभावित हुने गरेको छ । हस्तान्तरण गरिएका सामग्रीहरूमा विद्यालय पोशाक, कापी, कलम लगायतका आधारभूत शैक्षिक सामग्रीहरू समावेश छन् । यी सामग्रीले  बालबालिकाहरूलाई नियमित अध्ययनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा सापकोटाले महिला फोरमकी निवर्तमान संयोजक तथा हाल उपाध्यक्ष भएकी जमुना सापकोटा र उहाँको टिमले सहयोग गर्ने निर्णय गरेकाले आफूले हस्तान्तरण गरेको बताए । उनले भने, “स्पेनमा रहनुभएका हाम्रा दिदीबहिनीहरूले मासिक रूपमा १ युरो संकलन गर्ने अभियान चलाउनुभएको छ । त्यही सानो योगदानबाट जम्मा भएको रकमले यो सहयोग सम्भव भएको हो। आगामी दिनहरूमा पनि यस्ता सहयोगका लागि हामी तयार छौं ।’

एनआरएनए स्पेनको महिला फोरमले यसअघि पनि नेपालका विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ ।

सामग्री ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष कल्पना चेपाङले विद्यालयको वर्तमान अवस्थाबारे जानकारी दिइन् । उनले भनिन्, ‘अहिले पनि विद्यालय अप्ठेरो अवस्थामा छ । दाताहरूको सहयोगले मात्र यो चलेको छ। सरकारले ३ जना स्थायी शिक्षकको दरबन्दी दिएको छ, तर बाँकी ४ जनालाई आन्तरिक स्रोत र नमस्ते तारा फाउन्डेशनको सहयोगबाट व्यवस्थापन गरेका छौं ।’ चेपाङ समुदायका बालबालिकाहरूमा स्वास्थ्य समस्या पनि बढ्दो क्रममा रहेको उनले बताइन् ।

विशेष गरी जन्डिस (हेपाटाइटिस) जस्ता रोगहरूका कारण धेरै बालबालिकाहरू विद्यालय आउन सक्दैनन् । कल्पना चेपाङले थपिन्, ‘केही बालबालिकाहरू अनाथ र टुहुरा छन् । बालबच्चा जन्माउने अनि आमा अन्यत्र जाने, कतिका बाबु नहुने समस्या छ । यस्ता सामाजिक समस्याहरूले शिक्षा प्रभावित भएको छ ।’ यो समुदायमा गरीबी, स्वास्थ्य समस्या र पारिवारिक विघटन जस्ता चुनौतीहरू प्रबल छन्, जसले बालबालिकाहरूको भविष्यलाई जोखिममा पारिरहेको छ ।

प्रधानाध्यापक निर्मला अर्याल रेग्मीले सहयोगका लागि आभार व्यक्त गर्दै विद्यालयको शिक्षा सुधारमा आफूहरू निरन्तर प्रयासरत रहेको बताइन्। उनले भनिन्, “यो सहयोगले बालबालिकाहरूलाई प्रोत्साहन मिलेको छ। हामी शिक्षा गुणस्तर सुधार्न पहल गरिरहेका छौं, तर थप सहयोग आवश्यक छ।“ विद्यालयले स्थानीय स्तरमा स्वास्थ्य शिविर र अभिभावक जागरण कार्यक्रमहरू पनि सञ्चालन गर्ने योजना बनाएको छ ।

चेपाङ समुदाय नेपालको आदिवासी जनजातिमध्ये एक हो, जसको मुख्य बसोबास गोरखा, चितवन, मकवानपुर लगायतका जिल्लाहरूमा छ। उनीहरूको जीविकोपार्जन मुख्य रूपमा जंगल र कृषिमा निर्भर छ, तर जलवायु परिवर्तन र आधुनिकीकरणका कारण उनीहरूको जीवन थप कष्टकर बन्दै गएको छ। शिक्षा दर निकै न्यून रहेको यो समुदायमा बालबालिकाहरू प्रायः घरेलु काम र स्वास्थ्य समस्याका कारण विद्यालयबाट टाढा रहन्छन् ।

प्रजा ज्योति आधारभूत विद्यालय जस्ता संस्थाहरूले यस्ता बालबालिकाहरूलाई शिक्षा प्रदान गर्ने प्रयास गरिरहेका छन् । तर स्रोतको अभाव सधैंको समस्या हो। एनआरएनए जस्ता संस्थाहरूको सहयोगले यस्ता विद्यालयहरूलाई नयाँ जीवन दिन्छ । यसै क्रममा, ‘वान एनसीसी, वान च्यारिटी’ अभियानले विश्वभरका नेपालीहरूलाई सामाजिक सेवामा जोड्ने लक्ष्य राखेको छ, जसबाट नेपालका दुर्गम क्षेत्रहरू लाभान्वित हुने अपेक्षा छ ।

स्पेनबाट आएको यो सानो सहयोगले गोरखाका चेपाङ बालबालिकाहरूको मुहारमा मुस्कान ल्याएको छ, तर दीर्घकालीन समाधानका लागि सरकारी स्तरबाट थप पहल आवश्यक छ । आगामी दिनहरूमा एनआरएनए स्पेनले स्वास्थ्य र शिक्षा क्षेत्रमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ, जसले यो समुदायको उन्नतिमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

यो पनि पढ्नुहोस्

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

१३ घण्टा अगाडि
नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारमाथि विभिन्न खालका प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण

कंगोमा इबोलाबाट ८० जनाको मृत्यु

बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक