बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संसदीय अभ्यासमा शक्तिको दुरुपयोग

कांग्रेस र एमाले असंसदीय बाटोमा, मानव तस्कर जोगाउन प्रतिशोधको राजनीति

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
सङ्घीय सदनको बैठक बस्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं÷ सत्तारुढ कांग्रेस र एमालेको गठबन्धनले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रयास थालेको छ । पछिल्लो समय भिजिट भिसामार्फत आर्थिक अनियमितता र मानव तस्करी भएको प्रकरणमा सरकारकै गृहमन्त्री रमेश लेखकको संलग्नताको आरोप लगाई उनको राजीनामाको माग उठाउँदै आएका विपक्षी दलहरुप्रति आक्रोशित सत्तारुढ दलहरुले रास्वपाबाट उपसभामुख बनेकी रानालाई हटाउने प्रयास थालेका हुन् । यसका लागि कांग्रेस र एमालेले मंगलबार सांसदहरुको हस्ताक्षर संकलन पनि गरेको छ ।
सत्तारुढ दलहरुको यो कदमलाई विपक्षी दलहरूले संसदीय अभ्यासमा शक्तिको दुरुपयोग र प्रतिशोधको राजनीति भएको आरोप लगाएका छन् । राना मगरलाई मानव तस्करीको अभियोगमा मुछिएको भन्दै सत्तापक्षले उनलाई हटाउन लागे पनि यो प्रयास संवैधानिक परिषदमा बहुमत कायम गर्न र संवैधानिक निकायहरूमा नियुक्तिको बाटो खोल्न केन्द्रित रहेको विश्लेषकहरू बताउँछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकमा उपसभामुख रानामगरलाई पदमुक्त गर्ने प्रस्ताव अघि बढाउने विषय आएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा गर्नुपर्ने, उनीमाथि छानबिन र कारबाही गर्नुपर्ने माग राखेर रास्वपा र राप्रपाले लगातार संसद्मा गरिरहेको विरोधले सत्तारुढ आक्रोशित थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘रास्वपा सांसदहरूले संसद्मा राखेको माग पूरा गरिदिनुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । ‘उनीहरुले मानव तस्करलाई कारबाही गर भनेर दुई महिनादेखि संसद्मा नाराबाजी गरिरहेका छन्, हामीले पूरा गर्नसक्ने माग सम्बोधन गरिदिनुपर्छ’ स्रोतको भनाइ छ ‘मानव तस्कर उनीहरुकै पार्टीभित्र छन्, उपसभामुख भएर बसेका छन्, तिनैलाई कारबाही गर भनेको त होला नि । हामीले प्रक्रिया अघि बढाउनुपर्छ ।’

कांग्रेस र एमालेले उपसभामुख राना मगरविरुद्ध उनको पुरानो पत्रलाई आधार बनाएर अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन् । दुई वर्षअघि उपसभामुख राना मगरले अमेरिकी दूतावासलाई लेखेको पत्र, जसमा उनले आफ्नो टोलीको भिसा अन्तर्वार्ताको मिति अगाडि सार्न अनुरोध गरेकी थिइन्, त्यसलाई सत्तापक्षले अनुचित प्रभावको रूपमा प्रस्तुत गरेको छ । तर, विपक्षी दलहरूले यो पत्रलाई बहाना बनाएर सत्तापक्षले संवैधानिक परिषदमा आफ्नो वर्चस्व कायम गर्न खोजेको दाबी गरेका छन् । हाल परिषदमा सत्तापक्षको बहुमत नहुँदा संवैधानिक निकायहरूमा नियुक्ति प्रक्रिया अवरुद्ध छ । राना मगरलाई हटाएर कांग्रेसबाट नयाँ उपसभामुख नियुक्त गर्दा यो अवरोध हट्ने सत्तापक्षको रणनीति छ ।

प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सांसदको समर्थन आवश्यक छ । कांग्रेस (८७), एमाले (७७), जसपा (७), जनमत (६) र लोसपासँग (४) गरी सत्तापक्षसँग १८१ मत मात्र छ । बाँकी मत जुटाउन साना दलहरूको सहयोग चाहिन्छ, तर रास्वपा, राप्रपा र जसपा नेपालले यो कदमको विरोध गरेका छन् । रास्वपाले संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ भने राप्रपाले यो कदमलाई असंसदीय र लोकतान्त्रिक मूल्यविपरीत भनेको छ ।
यो घटनाले नेपालको संसदीय अभ्यास र संवैधानिक व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । सत्तापक्षको यो कदमले संवैधानिक निकायहरूको स्वतन्त्रता र संसदीय सन्तुलनमा असर पार्ने चिन्ता व्यक्त गरिएको छ । कांग्रेसभित्रै शेखर कोइराला समूहले यो कदमको विरोध गरेको छ ।

पसभामुख राना मगरलाई हटाउने विषय पहिलोपटक होइन । गत वर्ष पनि सत्तारुढ गठबन्धनले यस्तै प्रयास गरेको थियो, तर दुई तिहाइ बहुमत जुटाउन नसक्दा असफल भएको थियो । गत वर्षको असार ३० मा कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि दुई दलबीच पहिलो दुई वर्ष ओली र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा चुनावी सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । यो सहमतिअनुसार संवैधानिक परिषद्मा सत्तापक्षको बहुमत सुनिश्चित गर्न उपसभामुखलाई हटाउने योजना बनाइएको थियो । हाल परिषद्मा सत्तापक्षबाट प्रधानमन्त्री र सभामुख मात्र छन्, जबकि प्रमुख प्रतिपक्षी दलको नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख विपक्षमा छन् ।
उपसभामुख हटाउने यो प्रयासले नेपालको राजनीति र संवैधानिक व्यवस्थामा गम्भीर प्रभाव पार्ने देखिन्छ । संवैधानिक परिषदमा सत्तापक्षको बहुमत सुनिश्चित भएमा रिक्त संवैधानिक निकायहरूमा नियुक्ति प्रक्रिया तीव्र हुन सक्छ । तर, विपक्षीम दलहरूको कडा विरोध र साना दलहरूको समर्थन जुटाउन नसक्दा यो प्रयास असफल भएमा सत्तारुढ गठबन्धनको विश्वसनीयतामा प्रश्न उठ्न सक्छ ।

यो विवादले नेपालको संसदीय व्यवस्थामा सत्तापक्ष र प्रतिपक्षबीचको सन्तुलन र संवैधानिक निकायहरूको स्वतन्त्रतामाथि पनि बहस सिर्जना गरेको छ । सत्तापक्षले यो कदमलाई संवैधानिक प्रक्रियाको हिस्सा भएको दाबी गरे पनि विपक्षी दलहरूले यसलाई शक्ति दुरुपयोगको रूपमा चित्रण गरेका छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कपोलकल्पित आरोप लगाएर कांग्रेस र एमालेले रानामगरलाई उपसभामुखबाट हटाउन खोजेको आरोप लगाएका छन् । कांग्रेस–एमालेले सरकार बनेयता नै गल्तीबाहेक केही नगरेको बताउँदै यो पनि त्यसैको निरन्तरता भएको उनले बताए ।

‘उपसभामुख हटाउने एटेम्प्ट त धेरै पहिलेदेखिको हो । तर त्यो, गलत गर्दै हुनुन्छ । गलत त उहाँहरूले गरी नै राख्नुभएको छ । यो सरकार बनेदेखि नै गल्तीबाहेक राम्रो काम त गरेकै छैन,’ उनले भने, ‘एउटा महिला, आदिवासी जनजाति महिला, सामाजिक सेवा, बालबालिकाको हेरचाह गर्नेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ख्याती प्राप्त महिलालाई, अहिले अनाहकमा हटाउने जो कोसिस गर्नुभएको छ । गलत छ, यो । हामी यसको विरोधमा छौं ।’ उपसभामुखले गल्ती गरेको केही प्रमाण नभएको उनले बताए । ‘उहाँले केही गरेको भन्ने केही प्रमाण छैन, खाली कपोलकल्पित कुरा हो,’ प्रचण्डले भने । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

यी जिल्लाहरूमा एमालेकाे अधिवेशन बाँकी

एमालेमा विशेष महाधिवेशन माग

२ हप्ता अगाडि
नेताहरुको सम्पत्ति छानबिन सुरु

नेताहरुको सम्पत्ति छानबिन सुरु

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक