बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

कुलिङ पिरियड गडबडीमा को–को ?

त्रुटि छानबिन विशेष समितिको प्रतिवेदन बुझायो, राजनीतिक र नैतिक जिम्मेवार रामहरि खतिवडा

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
कुलिङ पिरियड गडबडीमा को–को ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानलाई निष्प्रभावी बनाउने गरी भएको गडबडीको विषयमा छानबिन गरेको समितिले प्रतिवेदन सभामुखलाई बुझाएको छ । प्रतिवेदनमा सरकारी कर्मचारीका लागि राजीनामा दिएपछि वा अवकाशपछि २ वर्ष कुलिङ पिरियड प्रावधान लागू हुने प्रावधान निष्क्रिय हुने भाषा प्रयोग हुनुमा को–को जिम्मेवार छन् भनेर उल्लेख गरिएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई यो प्रकरणमा राजनीतिक र नैतिक रूपमा जिम्मेवार ठहर गरिएको छ । साथै, सोही समितिका सचिव सुरजकुमार दुरालाई पनि जिम्मेवार ठहर गरिएको छ । यी दुवैउपर संसदीय विशेष छानबिन समितिले नैतिक जिम्मेवार हुने ठहर गरेको छ । दुराले व्यवस्थापन, माइन्युट निर्माण लगायतको जिम्मेवारी सही ढंगले सम्पन्न नगरेको भनेर नैतिक जिम्मेवार हुने भनिएको छ । विशेष छानबिन समितिले यो गडबडीमा संलग्न कर्मचारीहरूलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ ।

कांग्रेस सहमहामन्त्री तथा सांसद जीवन परियार सभापति रहेको ’संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समिति’ले मंगलबार बिहान ४ बजे प्रतिवेदनमा सर्वसम्मति जुटाएर हस्ताक्षर गरेको हो । कानूनी परिभाषा अनुसार परिभाषित जिम्मेवारी निर्वाह गर्ने क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको भूमिकाबारे व्याख्या गरिएको छ । तर, ती प्रतिनिधि को हुन् भनेर नाम उल्लेख गरिएको छैन । समितिका सदस्यहरूका अनुसार प्रतिनिधि भनेर दुवै मन्त्रालयका सचिव भन्दा तल्लो स्तरका कर्मचारीलाई संकेत गरिएको हो ।

यस्तै, मुख्यसचिव, निजामती विधेयक उत्पत्तिकर्ता मन्त्रालय (संघीय मामिला मन्त्रालय)का सचिव, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव (कानून हेर्ने) को भूमिका पनि प्रतिवेदनले केलाएको छ । तर, यी पदाधिकारीको पनि नाम लेखिएको छैन । मुख्यसचिव एकनारायण अर्याल, संसदका महासचिव पद्मप्रसाद पाण्डेयमाथि कुलिङ पिरियड हटाउन लबिइङ र दबाब दिएको आरोप थियो । तर यी पदाधिकारीको नाम उल्लेख छैन ।

‘कुलिङ पिरियड’ निजामती कर्मचारीले अवकाश लिएपछि वा राजीनामा दिएपछि निश्चित समयसम्म लाभको पदमा नियुक्ति लिन नपाउने व्यवस्थालाई जनाउँछ । यो प्रावधानले कर्मचारीहरूले आफ्नो पदीय प्रभाव र सम्बन्धलाई दुरुपयोग गरी तत्कालै निजी क्षेत्र वा राजनीतिक नियुक्तिमा जाने प्रवृत्तिलाई रोक्ने उद्देश्य राख्छ । संघीय निजामती सेवा विधेयकमा यो व्यवस्थालाई दुई वर्षको अवधिका लागि प्रस्ताव गरिएको थियो, जसलाई सर्वसम्मत रूपमा समितिले पारित गरेको थियो ।
यो व्यवस्थाले विशेषगरी विशिष्ट र प्रथम श्रेणीका कर्मचारीहरूलाई लक्षित गरेको थियो, जसले उच्चस्तरीय निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्छन् । तर, विधेयकको प्रतिवेदन तयार गर्ने क्रममा यो प्रावधानलाई निष्प्रभावी बनाउने गरी उपदफा थपिएको पाइयो, जसले विशिष्ट र प्रथम श्रेणीका कर्मचारीलाई यो नियमबाट छुट दियो । यो गडबडीले विधेयकको मूल मर्मलाई नै भत्काएको भन्दै व्यापक आलोचना भएको छ ।

गत असार २३ गते प्रतिनिधिसभाले यो गडबडीबारे छानबिन गर्न विशेष समिति गठन गरेको थियो । जीवन परियारको नेतृत्वमा गठित यो समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना, माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना सदस्य समावेश थिए । समितिले आफ्नो छानबिन प्रक्रियालाई तीव्र गतिमा अघि बढाउँदै मंगलबार बिहान प्रतिवेदन तयार पारेको हो ।

छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि सभापति रामहरि खतिवडाले त्यस्तो प्रावधान राख्न आफ्नो नभएको दाबी गरेका छन् । ‘सही गरेकै हो, त्यसमा विवाद छैन । तर कुलिङ पिरियड राख्नुपर्छ भन्ने मेरो अडान थियो । लेख्ने काम मेरो होइन,’ उनले भनेका छन् । खतिवडाले संसद्ले पनि प्रतिवेदन पारित गर्दा ध्यान दिनुपर्ने र समग्र संसद् पनि यो प्रकरणमा जिम्मेवार रहेको बताएका छन् । खतिवडाले आफू सुरुदेखि नै कुलिङ पिरियडको पक्षमा रहेको दाबी गर्दै छानबिन समितिलाई आफूले यो प्रावधान हटाउनुपर्छ भन्ने कुनै गतिविधि गरेको प्रमाण देखाउन चुनौती दिएका छन् । उनले प्रतिवेदन पढेपछि मात्र थप निर्णय लिने बताएका छन् ।

राज्य व्यवस्था समितिले जेठ २ गते सर्वसम्मत रूपमा विधेयक पारित गरेको थियो । त्यसमा कुलिङ पिरियडको व्यवस्था स्पष्ट रूपमा समावेश थियो । तर, असार १५ गते प्रतिवेदन संसदमा पेस हुँदा एउटा उपदफामा ‘विशिष्ट र प्रथम श्रेणी बाहेकका कर्मचारी’लाई मात्र कुलिङ पिरियड लागु हुने प्रावधान थपिएको पाइयो । यो संशोधनले कुलिङ पिरियडको मूल उद्देश्यलाई नै कमजोर बनायो । खतिवडाले यो संशोधन आफूलाई जानकारी नदिई गरिएको दाबी गरेका छन् । उनले भने, ‘हामीलाई थाहै नदिई उपदफा लेखिएको रहेछ । १५ दिनसम्म कसैलाई थाहा भएन ।’ यो प्रकरणले संसदीय प्रक्रियामा गम्भीर त्रुटि र जवाफदेहिताको अभाव भएको देखाएको छ ।

अर्कोतर्फ, यो गडबडीले संसदको गरिमामाथि नै प्रश्न उठेको छ । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले यो प्रकरणमा संलग्न व्यक्तिहरूलाई किटान गरी कारबाही गर्न माग गरेका छन् । उनले संसदको गरिमा जोगाउन यस्ता हस्तक्षेपका दोषीहरूलाई स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने बताए । सभामुखलाई यो विषयमा ध्यानाकर्षण गराइएको छ र राष्ट्रिय सभालाई कुलिङ पिरियडको प्रावधान सच्याउन अनुरोध गरिएको छ । कुलिङ पिरियड गडबडी प्रकरणले नेपालको संसदीय र प्रशासनिक प्रणालीमा पारदर्शिता र जवाफदेहिताको कमी रहेको स्पष्ट पारेको छ । निजामती सेवाको सुधार र संसदीय प्रक्रियाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । अब यो प्रतिवेदन संसदमा पेस हुने र त्यसपछि कस्तो कारबाही हुन्छ भन्ने कुराले यो प्रकरणको भविष्य निर्धारण गर्नेछ ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्रीसँग अमेरिकी सहायकमन्त्रीले गरे शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग अमेरिकी सहायकमन्त्रीले गरे शिष्टाचार भेट

१ दिन अगाडि
भूपदेव शाह रास्वपाका महामन्त्री

भूपदेव शाह रास्वपाका महामन्त्री

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक