काठमाडौं। जनमत पार्टीले पार्टी विरोधी गतिविधि लाग्नेको नाम पठाउन सबै जिल्लाहरूलाई निर्देशन जारी गरेको छ ।
जनमतको सचिवालयले एक विज्ञप्ति जारी गरी पार्टी विरोधी गतिविधिमा जानेहरुको सूची पठाउन निर्देशन दिएको हो ।
‘..पार्टी विरोधी गतिविधिमा लागेका वा पार्टी विरवधी गुट/समूहको भेला वा बैठकमा जाने गरेका वा पार्टीको विरोधमा पोस्ट गर्ने सदस्यहरूको नाम सूची प्रमाणसहित नियमित रुपमा केन्द्रीय सचिवालयमा पठाइदिन हुन अनुरोध छ।’ जनमतले जाचरी गरेको विज्ञप्तिमन भनिएको छ ।



