काठमाडौं । साताकाे पहिलाे दिन आज सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला २ हजार २८० रुपैयाँ रहेको चाँदी आज २ हजार २८५ रुपैयाँ कायम भएको छ ।
असार ३० गते चाँदीको भाउले २ हजार ३१५ रुपैयाँको रेकर्ड कायम भएकाे छ ।


