बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अहिलेसम्म देशभर ७२ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा १३ प्रतिशत कम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । यसवर्ष अहिलेसम्म देशभर ७२ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सामान्यत: जेठ अन्तिमदेखि धान रोपाइँ सुरु हुनेगरेकोमा साउन ४ गतेसम्म सात प्रदेशको पछिल्लो तथ्याकं अनुसार ७२ दशमलब १४ प्रतिशत मात्र रोपाइँ भएको हो ।

जबकी गत वर्ष यही अवधिसम्म देशभर ८४ दशमलब ६ प्रतिशत भूभागमा भइसकेको धान भएको कृषि तथा पशुपंछी मन्त्रालय अन्तर्गतको कृषि विभागको तथ्याकंले देखाउँछ ।

विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार सबभन्दा बढी धान खेती हुने मधेश प्रदेशमा आइतबारसम्म जम्मा ४६ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । मधेशमा सुख्खाका कारण रोपाइँ प्रभावित भएको हो । सिंचाइ अभावले साउन लाग्दासम्म पनि धेरै क्षेत्रमा रोपाइँ प्रभावित भएको देखिन्छ ।

मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा धान खेतीयोग्य भूभाग छ । जसमा हालसम्म  १ लाख ७४ हजार ५ सय ८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागले जनाएको छ ।

मधेशपछि बढी धान खेती हुने प्रदेश लुम्बिनी हो । लुम्बिनीको ३ लाख २ हजार ९ सय ३९ हेक्टरमध्ये २ लाख ६६ हजार ३ सय ६९ हेक्टरमा रोपाइँ भएको छ ।

यस्तै कोशी प्रदेशमा ६१ दशमलब ७९ प्रतिशत, बाग्मतीमा ८७ दशमलब १९ प्रतिशत, गण्डकीमा ७९ दशमलब २८ प्रतिशत र  लुम्बिनी र कर्णालीमा समान ८७ दशमलब ९३ प्रतिशत रोपाइँ भएको छ ।

मधेशपछि धान खेती कोशी प्रदेशमा हुन्छ । कोशीको कूल २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये साउन ४ गतेसम्म १ लाख ७० हजार ७९० हेक्टरमा मात्र रोपाइँ भएको छ ।

बाग्मती प्रदेशको १ लाख २० हजार ५ सय ४५ हेक्टरमध्ये १ लाख ५ हजार १ सय ३ हेक्टर, गण्डकीको ९४  हजार १ सय ८२  हेक्टरमध्ये ७४  हजार ६ सय ६४ हेक्टर र कर्णाली प्रदेशको ४० हजार ८ सय ८४ हेक्टरमध्ये ३५  हजार ९ सय ४८ हेक्टरमा रोपाइँ सकिएको छ ।

यो पनि पढ्नुहोस्

तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य निर्धारण

२ दिन अगाडि
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक