बिहि, चैत्र १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

सर्वोच्चको आदेशः द्वन्द्वपीडितले नियमित बाटोबाट न्याय खोज्नु स्वाभाविक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सर्वोच्चको आदेशः द्वन्द्वपीडितले नियमित बाटोबाट न्याय खोज्नु स्वाभाविक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – सर्वोच्च अदालतले संक्रमणकालीन न्यायिक संयन्त्र निष्क्रिय भएपछि न्याय प्राप्तिका लागि पीडितहरुले नियमित प्रक्रियामा खोज्नु स्वाभाविक भएको जनाएको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको संयुक्त इजलासले द्वन्द्वकालीन घटनालाई अनन्तकालसम्म लब्याउन नहुने ठहर गर्दै नियमित बाटोबाट कानुनी उपचार खोज्नु स्वाभाविक भएको उल्लेख गरेको हो। पाँच हजार व्यक्तिको मृत्युको जिम्मा लिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तीन वर्षअघिको अभिव्यक्तिमाथि छानबिनको माग गर्दै परेको रिट सर्वोच्चले दरपीठ गरेको थियो। दरपीठविरुद्ध परेको निवेदनमाथि सुनुवाइ गर्दै शुक्रबार खतिवडा र फुयालको इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो। उक्त आदेशमा सर्वोच्चले द्वन्द्वकालीन घटनाको विषयलाई संक्रमणकालीन न्यायका लागि स्थापित संयन्त्र निष्क्रिय राख्नु जायज नहुने उल्लेख गरेको हो। त्यस्तो अवस्थामा फौजादारी न्याय निष्क्रिय रहन नसक्ने संयुक्त इजलासको ठहर छ। आदेशमा भनिएको छ, ‘फौजदारी न्याय प्रकृया निष्कृय, शून्य वा निष्प्रभावी अवस्थामा रहनु हुँदैन।’ १६ वर्षअघि विस्तृत शान्ति सम्झौतामा संक्रमणकालीन न्यायलाई ६ महिनाभित्र टुंग्याउने उल्लेख थियो। त्यसका लागि आठ वर्षपछि सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठन भए पनि ती आयोगले उजुरी मात्रै लिइका छन्। हाल दुवै आयोग निष्क्रिय अवस्थामा छन्। रिट निवेदन दर्ता आदेश दिएको शुक्रबारको लिखित आदेशमा संक्रमणकालीन न्यायलाई शान्ति सम्झौता, नेपालको संविधान, सर्वोच्चबाट अदालतबाट भएको फैसला तथा अन्तर्राष्ट्रिय कानून र सिद्धान्तका आधारमा टुंगिनुपर्ने व्याख्या गरेको छ। आदेशमा भनिएको छ, ‘सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरुको शान्ति सम्झौता, नेपालको संविधान, यस अदालतबाट भएको फैसला तथा अन्तर्राष्ट्रिय कानून र सिद्धान्तबमोजिम पीडितहरुले सत्यतथ्य जानकारी पाउने तथा न्याय र परिपुरण पाउने विषयहरु विभिन्न कारण देखाइ अनन्तकालसम्म अल्झाइ राख मिल्ने देखिँदैन। त्यस्ता संक्रमणकालीन निकायहरु निष्क्रिय रहेको र कानून निर्माणसमेतको कार्य प्रभावकारी भएको देखिनुपर्ने अवस्थामा संक्रमणकालीन न्यायिक संयन्त्रबाट सुनुवाइ नै नभएको वा प्रभावकारी न्याय प्राप्त हुन नसकेको विषयलाई लिएर पीडित पक्षले हक प्रचलनका लागि यस अदालतमा प्रवेश नै नपाउने भन्ने कुरालाई संविधानसम्मत् न्यायोचित र तर्कपूर्ण भन्न पनि मिल्दैन।’ सार्वजनिक आदेशमा अगाडि लेखिएको छ, ‘विषयवस्तुको गम्भीरता र संवेदनशीलतातर्फ दृष्टिगत गर्दा यस प्रकारको रिट निवेदनलाई न्यायिक प्रकृयामा प्रवेश हुन नदिने गरी दरपीठ गर्नु अनुचित हुन्छ। तसर्थ पेश हुन आएको रिट निवेदन दरपीठ गर्नेगरी यस अदालतका रजिष्ट्रारबाट मिति २०७९।७।२४ सा भएको आदेश बेरीतको देखिँदा बदर गरिएको छ। अन्य कुराको रीत पुगेको भए प्रस्तुत रिट निवेदन दर्ता गरी अरु नियमानुसार गर्नू।’

यो पनि पढ्नुहोस्

कम्बोडियामा पक्राउ अभियुक्तमाथि अनुसन्धान सुरु

विचौलिया व्यवसायी दीपक भट्ट पक्राउ

३ घण्टा अगाडि
सरकारलाई एकताको बाटोमा हिँड्न आग्रह

सरकारलाई एकताको बाटोमा हिँड्न आग्रह

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदै

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारलाई एकताको बाटोमा हिँड्न आग्रह

पारस शाहमा अस्पताल भर्ना

सहकारी पीडितसँग मन्त्री रावलले थालिन् छलफल

नेकपाबाट सम्बोधन वर्षमान पुनले सम्बोधन गर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक