सोम, अशोज १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

हालको निर्वाचन पद्धतिमा सबैभन्दा कुरुप पक्ष यही हो 

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

प्रधानसेनापति बेलायत प्रस्थान

प्रधानसेनापति बेलायत प्रस्थान

१८ मिनेट अगाडि
कतारलाई झन्डा हस्तान्तरण गर्दै बिदाइ एशियाली खेलकुद

कतारलाई झन्डा हस्तान्तरण गर्दै बिदाइ एशियाली खेलकुद

२८ मिनेट अगाडि
-निमकान्त पाण्डे
चुनावलाई आफ्नो पक्षमा प्रभावित गर्न आफ्नो चुनाव क्षेत्रमा बजेट खन्याउनै पर्ने दलका नेताहरुको लागि बाध्यता नै बनेको छ ।
आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा सत्तारुढ दलका प्रभावशाली नेताहरू, विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा ठूलो रकम विनियोजन गरेको विषयले व्यापक चर्चा र विवाद निम्त्याएको छ । यी दुई नेताले आफ्ना निर्वाचन क्षेत्रमा झन्डै १ अर्ब १७ करोड रुपैयाँ बराबरका पूर्वाधार योजनाहरू समेटेका छन् । यो बजेट विनियोजनले नेपालको बजेट निर्माण प्रक्रियामा निष्पक्षता, पारदर्शिता र राष्ट्रिय प्राथमिकतामाथि प्रश्न उठाएको छ ।

नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते अर्थमन्त्रीले संसद्मा बजेट प्रस्तुत गर्नुपर्छ । आर्थिक वर्ष २०८२÷८३ को लागि अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । यो बजेट चालु आर्थिक वर्ष २०८१÷८२ को तुलनामा ६.२ प्रतिशतले बढी हो । कुल बजेटमा चालुतर्फ ६१.३१ प्रतिशत, पुँजीगत खर्चमा १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९.७४ प्रतिशत छुट्याइएको छ । यो बजेटले नेपालको अर्थतन्त्रलाई धनात्मक वृद्धिदरतर्फ लैजाने, निरपेक्ष गरिबी अन्त्य गर्ने र आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माण गर्ने लक्ष्य राखेको छ । तर बजेटको वितरण प्रक्रियामा सत्तारुढ नेताहरूको प्रभावले यी उद्देश्यहरूलाई छायामा पारेको छ ।
सत्तामा रहेका कांग्रेस र एमालेका नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा र शेरबहादुर देउवाको डडेलधुरामा ठूलो रकम विनियोजन गरिएको छ । यी दुई नेताले आफ्ना निर्वाचन क्षेत्रमा सडक, पुल र अन्य पूर्वाधार आयोजनाहरूका लागि अर्बौं रकम बराबरका योजनाहरू समेटेका छन् । यो रकम साना आयोजनाहरूमा केन्द्रित छ, जसलाई उनीहरूले आफ्नो प्रभाव प्रयोग गरी बजेटमा समावेश गरेको आरोप लागेको छ ।

प्रधानमन्त्री ओलीको गृह जिल्ला तथा निर्वाचन क्षेत्र झापाले पूर्वाधार बजेटको ठूलो हिस्सा पाएको छ । विशेष कार्यक्रमबाहेक अन्य नियमित शीर्षकहरूबाट समेत झापामा बजेट थुपारिएको छ । रातो किताब अनुसार झापा जिल्लामा मात्रै सडक तथा पुल निर्माणका लागि विभिन्न १० वटा शीर्षकमा कुल ७ अर्ब ६१ करोड १६ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएको देखिन्छ । देउवाको गृह जिल्ला डडेलधुराले पनि बजेटमा विशेष प्राथमिकता पाएको छ । डडेलधुराले विभिन्न शीर्षकमा करिब ६० करोड रुपैयाँ बराबरको पूर्वाधार बजेट पाएको छ । यसमध्ये सबैभन्दा उल्लेखनीय ‘डडेलधुरा लिंक रोड कार्यक्रम’ हो, जसका लागि ४८ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो कार्यक्रमअन्तर्गत डडेलधुराका सात वटा सडकका लागि ३ करोडदेखि २० करोड रुपैयाँसम्म बजेट छुट्टाइएको छ ।

झापा र डडेलधुरामा यी आयोजनाहरूले स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउन सक्ने भए पनि यस्तो विनियोजनले समग्र देशको विकासमा असन्तुलन ल्याएको छ । उदाहरणका लागि, राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट कटौती भएको छ । चालु आर्थिक वर्षमा करिब ३ अर्ब ६० करोड बजेट पाएको मदन भण्डारी राजमार्गको बजेट आगामी वर्षका लागि ३०.२५ प्रतिशतले घटाएर २ अर्ब ५१ करोडमा सीमित गरिएको छ । त्यसैगरी, देशको उत्तर र दक्षिण जोड्ने रणनीतिक महत्वका उत्तर–दक्षिण (कर्णाली, कालीगण्डकी र कोशी) करिडोरको बजेट पनि १५.५ प्रतिशतले घटाएर ३ अर्ब ७४ करोड ३३ लाख रुपैयाँमा झारिएको छ । रेलमार्ग निर्माणको सपना देखाउने रेलवे तथा मेट्रो
विकास आयोजनाको बजेटमा पनि १४.८ प्रतिशतले घटाइएको छ ।

नेपालमा बजेट निर्माण प्रक्रिया लामो समयदेखि राजनीतिक प्रभाव र स्वार्थबाट निर्देशित हुँदै आएको छ । सत्तारुढ दलका नेताहरूले आफ्ना निर्वाचन क्षेत्रमा ठूलो रकम छुट्याउनु नयाँ होइन । त्यही प्रवृत्तिले यस वर्षको बजेटमा पनि निरन्तरता पाएको छ । सत्तारुढ नेताहरूले आफ्ना मतदातालाई प्रभावित गर्न र आगामी निर्वाचनमा फाइदा लिन यस्ता आयोजनाहरूलाई प्राथमिकता दिएका हुन् । यो रणनीतिले अल्पकालीन राजनीतिक लाभ त ल्याउन सक्छ, तर दीर्घकालीन राष्ट्रिय विकासमा बाधा पु¥याउँछ । विशेषगरी, राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट कटौतीले नेपालको आर्थिक वृद्धिदर र दिगो विकासका लक्ष्यहरू प्रभावित हुने जोखिम छ ।

नेपालको अर्थतन्त्र हाल जटिल मोडमा छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ मा जीडीपी वृद्धिदर ५.८१ प्रतिशत रहने अनुमान छ, जुन दिगो विकासका लागि पर्याप्त छैन । यस्तो अवस्थामा, बजेटले उत्पादनमूलक क्षेत्रहरूमा लगानी बढाउनुपर्ने थियो, तर सत्तारुढ नेताहरूको क्षेत्रमा केन्द्रित बजेटले यो अवसर गुमेको छ । अहिले बजेटमाथि संसदमा तीव्र बहस भएको छ । सत्तापक्षका सांसदहरूले बजेटले विकास र समृद्धिलाई प्राथमिकता दिएको दाबी गरेका छन्, तर विपक्षी सांसदहरूले यसलाई राजनीतिक स्वार्थमा आधारित भएको आरोप लगाएका छन् । राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट कटौती, साना आयोजनाहरूमा अनुचित विनियोजनले बजेटको निष्पक्षता र प्रभावकारितामाथि प्रश्न उठाएको छ । सरकारले यी समस्याहरूलाई सम्बोधन गर्न र बजेटलाई समावेशी, पारदर्शी र राष्ट्रिय प्राथमिकतामा आधारित बनाउन ठोस कदम चाल्नुपर्छ । जनधारणा साप्ताहिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

कांग्रेसको विधान संशोधनमा तीन महामन्त्री रहने

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

कतारलाई झन्डा हस्तान्तरण गर्दै बिदाइ एशियाली खेलकुद

न्याय परिषद् बैठक भाेलि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक