काठमाडाैं । हाल देशमा पश्चिमी वायुको प्रभाव सामान्य रहेको छ। जसको कारण आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार आज (शुक्रबार) दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ भने देशका अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै भोलि शनिबार पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।


