आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

शिक्षकलाई फेरि धोका !

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
शिक्षकलाई फेरि धोका !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
शिवहरि घिमिरे,
शिक्षकसँग भएको सहमतिअनुसारको मितिमा विद्यालय शिक्षा ऐन आउन नसक्ने अवस्था देखिएको छ । शिक्षक महासंघको सहमतिमा सरकारले १५ असारसम्म ऐन ल्याउने प्रतिबद्धता जनाएको थियो । तर, अहिलेसम्म विधेयक संसद्मा टेबुलसमेत भएको छैन ।

हाल विधेयकमाथि संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल जारी छ । परामर्श उपसमितिले छलफल गरिरहेको भए पनि ठुला दलको सहमति र प्रतिबद्धताविना विधेयक टेबुल हुन नसक्ने समिति सभापति अम्मरबहादुर थापाले बताए । ‘समितिले आफ्नो काम गरिरहेको छ । परामर्श उपसमितिले छलफलसमेत गरिरहेको छ । यस्तोमा ठुला दलले ठोस सहमति गरे भने विधेयक टेबुल हुन्छ । तर, अहिलेसम्म समझदारी गरेका छैनन्,’ उनले भने, ‘सकेसम्म सहमति जुटाएर तोकिएकै मितिभित्र टेबुल गर्ने प्रयास गरिरहेका छौँ ।

शिक्षक आन्दोलनको २९औँ दिनमा सरकार र महासंघबिच १५ असारको ‘डेटलाइन’मा ऐन ल्याउने ग्यारेन्टीसँगै सेवा–सुविधासम्बन्धी नौबुँदे सहमति भएको थियो । सहमतिका कुनै पनि बुँदा अझै कार्यान्वयन हुन नसकेको र ऐन ल्याउनेबारे पनि आशंका देखिएको महासंघले जनाएको छ ।

महासंघले समयमै ऐन नआए फेरि आन्दोलन गर्ने जनाउ दिएको छ । ‘संसद् अन्य विषयमा केन्द्रित देखिन्छ । हामीसँग भएको सहमतिअनुसार काम भएको देखिँदैन,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, ‘अझै पनि समय छ । सरकारले चाहे ऐन आउँछ । यो सरकारको इच्छाशक्तिमा भर पर्छ । सहमतिअनुसार काम भएन भने हामी त्यसै बस्दैनौँ ।’

१७ वैशाखमा शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक, संसद्को शिक्षा समिति सभापति अम्मरबहादुर थापा, सत्तारूढ दुई ठुला दल कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेश बर्तौलासँग ऐन ल्याउने सहमति गरेका थिए । तर, अहिले दलहरू यो सहमतिअनुसार काम गर्न तत्पर देखिएका छैनन् । महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया आचार्य, महासचिव तुलाबहादुर थापालगायत सहभागी थिए ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसद्को गतिरोधका कारण यस विषयमा समय दिन नसकिएको भए पनि तोकिएको मितिसम्ममा ऐन टेबुल हुने बताए । ‘शिक्षकसँग गरिएको प्रतिबद्धताअनुसार ऐन समयमै आउँछ । त्यो मितिभित्र ऐन पारित हुन्छ । विधेयक महत्वपूर्ण भएकाले ढिलो गर्दैैनौँ,’ उनले भने, ‘संसद्को गतिरोधले गर्दा समितिको काममा प्रभाव परेको छ । यो विषय न्यारो डाउन गर्ने गरी काम भइरहेको छ । तर, गतिरोधका कारण आवश्यक समय दिन सकिएको छैन ।’

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले ऐन छिटो ल्याउने गरी सहजीकरण गर्न पार्टीले भूमिका खेल्ने बताए । ‘सरकारले शिक्षक महासंघसँग सहमति गर्दा कांग्रेस र एमालेका मात्र सचेतक राखेर बदनियत देखाएको थियो । ऐन समयमै आउनुपर्छ । सहजीकरण गर्न माओवादी तयार छ । तर, सरकारले विद्यालय विधेयकलाई गम्भीरताका साथ लिएको देखिँदैन ।’

सहमतिमा के थियो प्रतिबद्धता ? 
१७ वैशाखमा महासंघ र सरकारबिच भएको सहमतिमा सत्तारूढ दुई ठुला दल कांग्रेसका प्रमुख सचेत श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेश बर्तौला तथा संसद्को शिक्षा समिति सभापति अम्मरबहादुर थापाले १५ असारभित्र ऐन ल्याउने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरेका थिए । ‘… नेपाल शिक्षक महासंघसँग भएका सहमति÷समझदारीलाई ध्यानमा राख्दै यो विधेयकलाई चालू अधिवेशनको असार १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गराउन आ–आफ्नो तहबाट सम्पूर्ण प्रयास गर्न हामी प्रतिबद्ध रहेका छौँ,’ प्रतिबद्धता–पत्रमा उल्लेख छ ।-नयाँ पत्रिका

यो पनि पढ्नुहोस्

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

२ घण्टा अगाडि
स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

जर्मनीले नवप्रवेशी कुराकाओको सामना गर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक