काठमाडौं । कीर्तिपुर नगरपालिका-४ सल्यानस्थान बस्ने डडेल्धुरा अमरगढी नगरपालिका-१ घर भएकी देबकी ऐरको कोठाबाट ल्याप्टप १ थान, मोबाइल ७ थान र नगद समेत गरी करिब १ लाख ९२ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।
यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-१ बोसन बस्ने दिपक लाल गुरूङको घरबाट करिब ५ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद गरी करिब ७ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


