काठमाडौं । सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको निसिखोला गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षिय ड्राइभर रेशम भन्ने रेशम राज पौडेल रहेका छन् ।
सूचना अधिकारी अवस्थीका अनुसार उनले विभिन्न सामाजिक सञ्जाल तथा युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा नियमित रूपमा व्यक्तिहरू तथा संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषयमा भ्रमपूर्ण तवरले अपशब्दहरूद्वारा कानूनले वर्जित गरेका शब्द र सामाग्रीहरू प्रसारण गरी, नकारात्मक धारणा फैलाएको तथा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरुद्धका सामाग्री बारम्बार प्रकाशन गर्ने गरेका थिए ।


