इजरायली र प्यालेस्टाइन अधिकारीहरूबीच भएको सहमतिको बाबजुद पनि हिंसा जारी छ।
इजरायली नियन्त्रित वेस्ट बैंकमा अशान्ति बढेपछि एक व्यक्तिको गोली हानी हत्या गरिएको छ।
जेरिको सहर नजिकैको राजमार्गबाट गुज्रिरहेका सवारीसाधनमाथि आक्रमण भएकाे थियाे। त्यसपछि ती व्यक्तिलाई जेरुसेलमको अस्पतालमा लगियो। तर त्यहाँ उनलाई मृत घोषित गरियो।
इजरायलका लागि अमेरिकी राजदूत टम नाइड्सले केही घण्टाअघि भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
इजरायली सुरक्षा बलहरूले भनेका छन् कि आक्रमणकारीहरूले इजरायली गाडीहरूमा गोली हाने र पछि तिनीहरूका गाडीहरू पनि जलाए।
इजरायलले भनेको छ कि आक्रमणकारीहरू भाग्नु अघि उनीहरूले सुरक्षा बलहरूसँग मुठभेड गरेका थिए।
हालसम्म कुनै प्यालेस्टाइनी संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन।
यद्यपि गाजा पट्टीमा शासन गर्ने र वेस्ट बैंकमा कम प्रभाव रहेको इस्लामिक संगठन हमासले आफ्नो प्रतिक्रिया दिएको छ।
आइतबार भएको घटनाका कारण यो पूरै हंगामा सुरु भएको हो। एक प्यालेस्टिनीले नजिकैको गाउँका दुई जनाको गोली हानी हत्या गरेको थियाे।
त्यसपछि आइतबार राति इजरायली नागरिकले वेस्ट बैंकमा रहेको प्यालेस्टिनी गाउँमा आक्रमण गरेका थिए। यस आक्रमणमा धेरै कार र घर जलेका थिए।


