मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आजदेखि विद्यालय खुल्याे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
हुम्लाका सबै सामुदायिक विद्यालय बन्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एक महिने शिक्षक आन्दोलनपश्चात आजदेखि विद्यालय खुलेका छन् ।

बुधबार सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि आजदेखि विद्यालय खुलेकाे हाे ।

बिहीबार सार्वजनिक बिदा भएकाले आजदेखि विद्यालयमा भर्ना अभियान सुरु गरिएको विद्यालयका काठमाडौंका सरकारी विद्यालयका प्रधानाध्यापकहरूले जनाएका छन् । ‘नयाँ विद्यार्थी भर्नाको लागि आएका छन् ।

आज मात्र ८० जना नयाँ विद्यार्थी भर्ना भएका छन्,’ पद्मकन्या माध्यामिक विद्यालयकी प्रधानाध्यापक रिता तिवारीले भनिन्, ‘आज बुक फ्रि–फ्राइडे हो । विद्यार्थीहरू आएर अतिरिक्त गतिविधिमा सहभागी भएका छन् ।’पद्मकन्यामा १० कक्षासम्म ५ सय विद्यार्थी अध्ययनरत छन् । जनविकास माध्यामिक विद्यालयका प्रधानाध्यापक अनिल झाले पनि विद्यालय सञ्चालन भएको जनाए । ‘आजदेखि विद्यालय खुलेको छ । विद्यार्थी भर्नाका लागि आइरहेका छन्,’ झाले भने । उनका अनुसार अघिल्लो वर्ष करिब साढे ४ सय विद्यार्थी थिए ।

ज्ञानोदय माध्यामिक विद्यालयकी प्रधानाध्यापक विष्णु रिमाल पनि भर्नाका लागि नयाँ विद्यार्थी आइरहेको बताउँछिन् । ‘भर्नाको लागि विद्यार्थी आइरहेका छन्,’ उनले भनिन् । गत वर्ष ज्ञानोदयमा ४ हजार ७ सय विद्यार्थी थिए । शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशैभर विद्यार्थी भर्ना अभियान सुरु भएको छ । सामुदायिक विद्यालयमा ढिला गरी भर्ना सुरु भएकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष नयाँ विद्यार्थीको भर्नामा प्रभावित भएको छ ।

१ वैशाखबाट नयाँ शैक्षिकसत्र सुरु भएको थियो तर आन्दोलनका कारण १९ दिनपछि मात्र विद्यार्थी भर्ना अभियान सुरु भएको छ । १७ वैशाखमा सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएपछि शिक्षकहरु काठमाडौंबाट फर्किएका छन् । तर महासंघले सरकारसँग धोकापूर्ण सहमति गरेको भन्दै विद्यालय कर्मचारी परिषद्ले भने नयाँ आन्दोलन घोषणा गरेको छ ।

विद्यालय कर्मचारी परिषद्ले यही वैशाख २१ गतेदेखि जेठ तीन गतेसम्म कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गते ७ सय ५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएर आन्दोलनबारे जानकारी गराउने, जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने जनाएको छ । त्यस्तै, जेठ ६ गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा आन्दोलनको जानकारीसहित ध्यानाकर्षण पत्र बुझाउने, जेठ ७ गते ७ वटै प्रदेशमा आन्दोलनको जानकारी गराउने र ध्यानाकर्षण सहित सामाजिक विकास मन्त्रालयमा पत्र बुझाउने तथा जेठ १० गतेदेखि काठमाडौंस्थित माइतीघर मण्डलामा सडक आन्दोलन शुरु गर्ने विद्यालय कर्मचारी परिषद्ले जनाएको छ ।

यो पनि पढ्नुहोस्

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

२० घण्टा अगाडि
नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण

सरकारमाथि विभिन्न खालका प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

प्रधानमन्त्री बालेन शाह प्रश्नदेखि भाग्न नपाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक