आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

लोकतन्त्रमा निषेधको आदेश र राजावादी आन्दोलन !

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लोकतन्त्र कुनै पनि मुलुकको राजनीतिक प्रणालीको यस्तो अवस्था  हो, जहाँ नागरिकलाई अभिव्यक्ति, संगठन र विरोधको स्वतन्त्रता ग्यारेन्टी गरिन्छ । तर नेपालको सन्दर्भमा पछिल्ला दिनहरूमा देखा परेको अवस्थाले लोकतान्त्रिक अभ्यासप्रति गम्भीर प्रश्न खडा गरिरहेको छ । राजावादी आन्दोलनका नाममा भइरहेका प्रदर्शनहरू र त्यसका प्रतिउत्तरमा राज्यद्वारा जारी निषेधाज्ञाले लोकतन्त्रको सारमाथि नै चोट पु¥याएको देखिन्छ ।

नेपालले २०६२-६३ को जनआन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्रको संरचना स्थापना गरेको हो । यसले जनता सर्वोच्च हुने राजनीतिक आधार तयार ग¥यो । तर, विडम्बना, आज पनि राजसंस्थाको पुनस्र्थापनाको माग उठाउँदै आन्दोलन भइरहेका छन् । यी आन्दोलनहरूलाई नागरिक स्वतन्त्रताको रूपमा हेर्ने हो भने पनि, राज्यको प्रतिक्रियाले स्वतन्त्रताको दायरालाई साँघुरो बनाएको महसुस हुन्छ । प्रदर्शन नियन्त्रणका नाममा लगाइने निषेधाज्ञाहरू, शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि बल प्रयोग, र धरपकडले लोकतन्त्रलाई कमजोर तुल्याउँछ ।

निषेधाज्ञा, विशेष परिस्थितिमा अस्थायी रूपमा लागू गरिने सुरक्षा उपाय हो । तर यसलाई राजनीतिक विरोध दबाउने साधनको रूपमा प्रयोग गरिनु अत्यन्तै चिन्ताजनक विषय हो । आन्दोलनको स्वरूप शान्तिपूर्ण छ वा उग्र, त्यो छुट्याउनुपर्ने जिम्मेवारी राज्यको हो । शान्तिपूर्ण प्रदर्शनहरूलाई अपारदर्शी नियमन, पक्राउ र धरपकडमार्फत नियन्त्रण गर्नु लोकतन्त्रको मूल मर्मविपरीत हो ।

लोकतन्त्रमा बहस, असहमति र आलोचना स्वाभाविक र आवश्यक प्रक्रिया हुन् । राजावादी आन्दोलन भनेको केवल संवैधानिक राजतन्त्रको माग मात्र होइन, यो वर्तमान शासनप्रणालीप्रति देखिएको असन्तुष्टि र विफलताको संकेत पनि हो । बेरोजगारी, महँगी, भ्रष्टाचार र जनताप्रति उत्तरदायी नभएको शासनले नागरिकलाई वैकल्पिक सोचतर्फ प्रेरित गरिरहेको छ । यस्तो असन्तुष्टिभित्र राजसंस्थाको पुनरागमनको सम्भावना खोज्नु कुनै समाधान होइन, तर यसलाई हल्का रुपमा लिनु पनि उपयुक्त हुँदैन । यो चेतावनी हो कि लोकतान्त्रिक प्रणालीमा सुधार आवश्यक छ— कानुनको शासन, पारदर्शिता, जवाफदेहिता र जनअपेक्षाको सम्बोधन नहुने हो भने असन्तुष्टि बढ्दै जान्छ ।

यसैले राज्यले आफ्नो शक्ति प्रयोगको तरिका पुनर्विचार गर्नुपर्ने छ । निषेधाज्ञाको सहारा लिएर आवाज दबाउने होइन, संवादमार्फत समस्याको समाधान खोज्नुपर्ने हो । राजावादी आन्दोलनप्रति सहमत वा असहमत हुनु नागरिकको व्यक्तिगत विचार हो, तर राज्यले त्यसलाई व्यवस्थापन लोकतान्त्रिक तरिकाबाट गर्नुपर्छ । सुरक्षा कायम गर्नु र
नागरिक स्वतन्त्रता बीच सन्तुलन राख्न सक्नु राज्यको जिम्मेवारी हो । अर्कोतर्फ आफ्नो कार्यशैलीमा सरकारले सुधार ल्याउनुपर्छ । दलहरु तथा जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छ ।

अन्ततः लोकतन्त्रको सशक्तीकरण केवल निर्वाचन र शासन परिवर्तनमा सीमित हुँदैन । यो जनताको आत्मसम्मान, स्वतन्त्रता र विश्वासको निरन्तर रक्षामा आधारित हुन्छ । निषेधाज्ञाले लोकतन्त्र जोगिँदैन, बरु पारदर्शी शासन, जवाफदेही नेतृत्व र जनताको भावना बुझ्ने प्रयासबाट मात्र लोकतन्त्रलाई मजबुत बनाउन सकिन्छ ।

यो पनि पढ्नुहोस्

अफगानिस्तानमा  बाढीबाट १० जनाको मृत्यु

अफगानिस्तानमा  बाढीबाट १० जनाको मृत्यु

४४ मिनेट अगाडि
विश्वकपका लागि इंग्ल्याण्डले २६ सदसीय टोलीको नाम सार्वजानिक

विश्वकपका लागि इंग्ल्याण्डले २६ सदसीय टोलीको नाम सार्वजानिक

५९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

तेलंगाना राज्यमा अत्यधिक गर्मीबाट १६ जनाको मृत्यु

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

रास्वपाका सभापति भारत भ्रमणमा जादै

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक