बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

राष्ट्रपतिमा नेम्वाङको चर्चाले हच्केका थिए पौडेल

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रपतिमा नेम्वाङको चर्चाले हच्केका थिए पौडेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – फागुन २५ गते हुने राष्ट्रपति चुनावका लागि शनिबार दुई पूर्वसभामुख रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी पर्‍यो।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपासहितका आठ दलको तर्फबाट पौडेल उम्मेदवार भए भने एमालेले नेम्वाङलाई अघि सार्‍यो।

फागुन २५ गतेसम्म राजनीतिले कुनै नाटकीय मोड नलिएमा पौडेल राष्ट्रपतिमा निर्वाचित हुने निश्चित नै छ। पौडेलको जित निश्चित देखिनुमा राष्ट्रपति चुनावमा निर्णायक हैसियतमा रहेको माओवादीको समर्थन उनले पाउनु हो।

उम्मेदवारी दिएसँगै जित निश्चितजस्तै देखिएका पौडेल भने नेम्वाङ अघि सर्ने कुराले हच्किएका थिए। पहिल्यैदेखि पार्टीभित्र राष्ट्रपतिका रुपमा चर्चामा रहेका पौडेलले नेम्वाङ अघि सर्ने अवस्थामा उनीसँग प्रतिस्पर्धामा गर्ने किन नगर्ने भन्ने दोधारमा रहेको उनीनिकट स्रोतले बतायो।

नेम्वाङले आफ्नो नाम राष्ट्रपतिको उम्मेद्वारको रुपमा आएपछि पौडेलसँग पटक–पटक कुराकानी भएको स्वीकार गरे। आइतबार उनले भने, ‘उहाँले मलाई तपाईंको उम्मेदवारी के हो भनेर तीन पटक फोन नै गर्नुभएको थियो। तपाईं अघि सर्ने अवस्थामा के होला भनेर भन्नुहुन्थ्यो।’

तर माओवादीले दुई महिनामै सत्ता गठबन्धन फेर्दा नेम्वाङ उम्मेदवारमा मात्रै सीमित हुने अवस्थामा बनेको छ। त्यसको अपजस एमाले अध्यक्ष ओलीले पाउने भएका छन्।

पुस १० गते एकाएक कांग्रेससँगको सहयात्रा छाडेर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि कांग्रेससँग सहयात्राको हात अघि बढाउँदा पौडेलले राष्ट्रपति हुने अवसर पाउन लागेका हुन्।

पुस १० गते एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच प्रधानमन्त्री माओवादीबाट भएपछि राष्ट्रपति र सभामुख एमालेले लिने सहमति बनेको थियो। सहमतिअनुसार सभामुख निर्वाचनमा एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनायो, माओवादीको समर्थनमा उनी निर्वाचित भए। त्यसैअनुसार राष्ट्रपतिमा पनि एमालेकै उम्मेदवार निर्वाचित हुने स्वभाविक अनुमान थियो।

एमाले–माओवादीको गठबन्धन बनेसँगै भावी राष्ट्रपतिका रुपमा नेम्वाङको नाम अघि आयो। माओवादीलाई कांग्रेसबाट छुटाएर ल्याउन सक्रिय भूमिका भएका उपाध्यक्ष विष्णु पौडेल लगत्तै अर्थ तथा उपप्रधानमन्त्री बनेपछि उत्ति नै सक्रिय नेम्वाङले राष्ट्रपति बन्ने अवसर पाउने चर्चा अपेक्षित थियो।

स्वयं नेम्वाङ र एमालेका अधिकांश नेताहरु उनी उम्मेदर हुनेमा विश्वस्त देखिन्थे। तर अध्यक्ष केपी शर्मा ओलीले उनको सट्टा पार्टीभित्रबाट ‘आदेशपालक’को खोजी गर्न थाले। ओलीले सभामुख र संविधानसभाका अध्यक्ष भइसकेका नेम्वाङको सट्टा देवराज घिमिरेजस्तै अह्राएको मान्ने तल्लो प्रोफाइलका व्यक्तिको नाममा अघि बढाउन खोजे। त्यसमा डोरमणि पौडेल, गोमा देवकोटा, विष्णु रिमाल हुँदै पछिल्लो समय ईश्वर पोखेलसम्मलाई ओलीले अघि बढाउन खोजेको सार्वजनिक भयो।

माओवादीले छाटो समयमै एमालेसँगको साथ छाड्नुका अनेक कारणमध्ये राज्यका महत्वपूर्ण निकायमा ओली निकटहरुलाई मात्रै स्थान नदिनु रहेको दाबी गर्दै आएको छ। एमालेबाट नेम्वाङको नाम समयमै आएको भए राष्ट्रपतिमा उनको बलियो सम्भावना रहेको माओवादीका एक पदाधिकारीले बताए।

उनले भने, ‘यदी ओलीजीले नेम्वाङजस्ता उपयुक्त पात्रलाई बेलैमा अघि सार्नुभएको भए एमालेसँगको गठबन्धन अघि जान्थ्यो। तर उहाँ सबै निकायमा आफ्ना आदेशपालक मात्रै जम्मा गर्ने योजनामा अघि बढ्नु भयो। त्यसले हामीलाई झस्काएकै हो।’

प्रधानमन्त्री प्रचण्डले नेम्वाङलाई अघि सारे समर्थन गर्न सकिने सन्देश वर्षमान पुनमार्फत पठाएका थिए। माओवादीलाई कांग्रेसको कित्तामा पुग्न नदिने निर्णायक क्षणमा अरु व्यक्ति बोक्दै हिँडेका ओलीले शनिबार भने उनलाई उम्मेदवार बनाए।

राष्ट्रपतिको उम्मेदवार तय गर्न शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकमा ओली आफैले नेम्वाङको नाम प्रस्ताव गरेको एक पदाधिकारीले जानकारी दिए। बैठकमा पस्नु अघिसम्म एमालेले राष्ट्रपतिको उम्मेदवार को बनाउँछ भन्ने एकीन थिएन।

एक पदाधिकारीले भने, ‘कांग्रेस–माओवादीसहितको पुरानो गठबन्धन ब्यूँतिने निश्चित भएको अवस्थामा हाम्रोतर्फबाट राष्ट्रपतिको उम्मेदवार को हुन्छ भन्ने एकीन थिएन। तर अध्यक्ष ज्यूले नै नेम्वाङको नाम प्रस्ताव गर्नुभयो। त्यसलाई बैठकले सर्वसहमतिले अनुमोदन गर्‍यो।’

नेम्वाङलाई ढिलो उम्मेदवार बनाएकोमा असन्तुष्टि


नेम्वाङलाई बेलमै राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि नसारेकोप्रति एमालेभित्र असन्तुष्टि देखिएको छ। उनलाई समयमै उम्मेदवार घोषणा गरेको भए माओवादीको समर्थन लिन सकिने एमालेका दोस्रो तहका नेताहरु बताउँछन्।

पार्टीले हार्ने निश्चित भएपछि मात्रै नेम्वाङलाई अघि सारेर मोहोरा बनाइएको एक नेताले बताए। नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने, ‘जित्ने अवस्था हुँदा डोरमणि, त्यस्तै अरु कोही हुन्थ्यो होला। नजित्ने भएपछि उहाँलाई अघि सारियो।’

नेम्वाङले पनि आफूलाई समयमै उम्मेदवार बनाउन अध्यक्षलाई आग्रह गरेको बताए। देश सञ्चारसँग उनले भने, ‘मैंले पहिल्यै उम्मेदवार तय गरेर जाऔँ भएको थिए।’

यो पनि पढ्नुहोस्

सार्क ब्युँताउनुपर्ने आवाज बढ्दै, भारत अझै अनिच्छुक

सार्क ब्युँताउनुपर्ने आवाज बढ्दै, भारत अझै अनिच्छुक

१९ मिनेट अगाडि
आज नागढुंगा सुरुङ मार्गको उद्घाटन

नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने

३१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

रक्तदानका लागि विशेष अनुरोध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक