मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

शिक्षकका माग सम्बोधन गर्न संसद् अधिवेशन बोलाउने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
शिक्षकका माग सम्बोधन गर्न संसद् अधिवेशन बोलाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार तयार भएको छ । मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्न संसद् अधिवेशन बोलाउने लगायतका निर्णय गरेको हो ।

यसअघि भएका सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै आन्दोलन छाडेर विद्यालयमा फर्कन शिक्षकहरूलाई आह्वान पनि गरेको छ ।

सरकारले शिक्षकका समस्या समाधान गर्न शिक्षकहरूसँग वार्ता जारी राख्ने निर्णय गरेको छ । ‘शिक्षकका समस्या समाधान गर्न वार्ता जारी राख्ने र एसईईको उत्तरपुस्तिका परीक्षण गर्न र कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरूलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गर्ने निर्णय भएको छ,’ बैठकको निर्णय जानकारी दिँदै शिक्षामन्त्री विद्या भट्टराईले भनिन् ।

मन्त्री भट्टराईले नेपाल शिक्षक महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा सरकार निरन्तर संवादमै रहेको भन्दै संवादलाई अझै सघन बनाउन सरकार संवेदनशील र गम्भीर रहेको जनाइन् ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको बैठकले १२ वैशाख शुक्रबार दिउँसो १ बजे बस्ने गरी संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णय जानकारी दिँदै एकमन्त्रीले भने, ‘संसद्मा विचाराधीन रहेको शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने समेतका प्रयोजनका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको छ । सो विधेयक पारित गर्न सरकारले आवश्यक समन्वय र सहजिकरण गर्नेछ ।’

यो पनि पढ्नुहोस्

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

२३ घण्टा अगाडि
नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री बालेन शाह प्रश्नदेखि भाग्न नपाउने

नागरिकको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्नुपर्नेमा जाेड

बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

चीनमा ५.२ म्याग्निच्युडको गयाे भूकम्प

सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक