आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

मानवअधिकारवादीहरु गम्भीर बन्न जरुरी !

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
दलका नेताहरुलाई स्वतन्त्रता नपचेको हो त ? पूर्वराजाको सक्रिय बन्ने सन्देश !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यही चैत २२ मा पक्राउ पर्दा देखिएको घटनाक्रमले केवल एक राजनीतिक दलका नेताको पक्राउ मात्र होइन, यसले नेपालको संवैधानिक व्यवस्था, कानुनी प्रक्रिया र मानवअधिकारप्रति राज्यको प्रतिबद्धता कति मजबुत वा कमजोर छ भन्ने विषयलाई उजागर गरिदिएको छ । यस घटनाले मानवअधिकारको गम्भीर उल्लंघन भएको देखिन्छ र त्यसैले मानवअधिकारवादी संस्थाहरू र सचेत नागरिक समाज गम्भीर रूपमा सक्रिय हुन आवश्यक छ । लामिछानेलाई पक्राउ गर्ने तरिका आफैँमा विवादास्पद रह्यो । न त उनलाई आरोप स्पष्ट रूपमा जनाइएको थियो, न त पक्राउपूर्व कुनै अदालतको अनुमति वा गिरफ्तारी पुर्जी सार्वजनिक रूपमा प्रस्तुत गरिएको थियो ।

लोकतान्त्रिक राज्यमा कुनै पनि नागरिक—विशेषगरी निर्वाचित प्रतिनिधिलाई पक्राउ गर्दा कानुनी प्रक्रिया पालना गर्नु अनिवार्य हुन्छ । यदि अदालतबाट वारेन्ट नलिई, केवल प्रशासनिक दबाब वा राजनीतिक निर्देशमा पक्राउ गरिन्छ भने यो मनपरी र दुरुपयोग को संकेत हो, जुन स्पष्ट रूपमा मानवअधिकारको हनन हो । गिरफ्तारीको समय र शैलीले यो केवल कानुनी प्रक्रिया नभएर राजनीतिक प्रतिशोध प्रेरित कदम हो भन्ने आशंका उत्पन्न गरेको छ । लामिछानेलाई अदालतको आदेश आउनेबित्तिकै रातिको समयमा पक्राउ गरिएको थियो । जब कि उनलाई अर्को दिनमा पक्राउ गर्न सकिन्थ्यो । उनी भागेर जाने अवस्थामा थिएनन् । तर, पक्राउ पुर्जी नै नलिई जसरी उनको बेडरुमसम्म प्रहरी पुग्यो र जुन रुपमा प्रस्तुत भयो, त्यो व्यावसायिक प्रहरीको पहिचान मान्न सकिँदैन ।

लोकतन्त्रमा सरकारको आलोचक वा प्रतिस्पर्धी विचार राख्ने व्यक्तिको मौलिक अधिकार हुन्छ, तर यदि यस्ता विचार राख्ने नेता÷व्यक्ति लक्षित भएर धरपकड पक्राउ गरिन्छ भने त्यो अभिव्यक्ति स्वतन्त्रताको हनन हो । यो अवस्थालाई नजरअन्दाज गर्नु मानवअधिकार मूल्यको गिरावट हो । मानवअधिकारवादी र नागरिक समाजको मुख्य भूमिका भनेकै राज्यद्वारा गरिने अधिकार उल्लंघनमाथि निगरानी राख्नु हो । यदि उच्चपदस्थ व्यक्तिहरू पनि मनपरी ढंगले पक्राउ पर्न सक्छन् भने आम नागरिकको अवस्था कस्तो होला भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।

नेपालको संविधानले हरेक नागरिकलाई न्यायिक प्रक्रियामा समानता, अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्रता र सुरक्षा को अधिकार सुनिश्चित गरेको छ । यदि पक्राउ गर्ने क्रममा कानुनी प्रक्रिया पालना हुँदैन भने संविधानकै मर्ममाथि चोट पुग्छ । मानवअधिकारवादीहरूको प्रमुख जिम्मेवारी भनेकै संविधानको रक्षा गर्नु हो । लामिछानेको गिरफ्तारी केवल एउटा घटना होइन, यो नेपालको लोकतान्त्रिक मूल्य, कानुनी प्रक्रिया र मानवअधिकारको अवस्थामाथि एउटा कठोर परीक्षण हो । मानवअधिकारवादी, कानुनी क्षेत्रका विज्ञ, नागरिक समाज र सञ्चारकर्मीहरूले यो घटनालाई सामान्य रूपमा लिनु हुँदैन । यस्तो घटनामा गम्भीर निगरानी, स्वतन्त्र छानबिनको माग, र राज्यलाई उत्तरदायी बनाउने कार्य आजको आवश्यकता हो । किनभने जब एक जना नागरिकको अधिकार कुण्ठित हुन्छ, त्यो सम्पूर्ण समाजको स्वतन्त्रतामाथि खतरा बन्छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

अफगानिस्तानमा  बाढीबाट १० जनाको मृत्यु

अफगानिस्तानमा  बाढीबाट १० जनाको मृत्यु

४२ मिनेट अगाडि
विश्वकपका लागि इंग्ल्याण्डले २६ सदसीय टोलीको नाम सार्वजानिक

विश्वकपका लागि इंग्ल्याण्डले २६ सदसीय टोलीको नाम सार्वजानिक

५६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

तेलंगाना राज्यमा अत्यधिक गर्मीबाट १६ जनाको मृत्यु

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

रास्वपाका सभापति भारत भ्रमणमा जादै

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक