माेरङ – मोरङमा ढुङ्गा निकाल्ने क्रममा ढुंगासहितको माटो ढिस्कोले पुरिँदा एक जनाकाे मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय केराबारीका अनुसार शनिबार बिहान गाउँस्थित खदम खोलामा ढुङ्गा निकाल्ने क्रममा ढिस्कोले पुरिएर तेजबहादुर मगरको मृत्यु भएको हो।
गैंतीले खोलाबाट ढुङ्गा निकाल्दा गाउँपालिका–६ का ५५ वर्षीय मगर ढिस्कोले पुरिएका थिए। ढिस्कोले पुरिएपछि उनलाई तत्काल उद्दार गरे पनि ढाड, कम्मर, र घुँडामा चोट लागेको बताइएको छ। प्रहरी कार्यालयका अनुसार घाइते अवस्थामा उद्दार गरिएसँगै मगरलाई उपचारका लागि बिराटनगरस्थित कोशी अस्पताल भर्ना गरिएको थियो। उपचारमा संलग्न चिकित्सकले बिहान साढे ११ बजे मगरलाई मृत घोषणा गरेका थिए।


