मोरङ – विराटनगर महानगरपालिकामा १५ वटा खप्परसहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीका अनुसार सूचनाका आधारमा प्रहरीले महानगरको वडा नम्बर १७ रानीस्थित विनोद रायको घरमा खानतलासी गर्दा सो मानव अंग खप्परझैँ देखिएको हाड फेला परेको हो।
प्रवक्ता कार्कीले शुक्रबार ४० वर्षीय रायको घरमा लुकाइराखेको अवस्थामा खप्परजस्तो देखिने हाड फेला परेको र त्यसबारे अनुसन्धान जारी रहेको जानकारी दिए। प्रहरीले बरामद गरेको खप्पर र रायलाई पक्राउ गरी अनुसन्धान थालेको छ।


