शनि, अशोज २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रास्वपा दाङले आगामी निर्वाचन केन्द्रित अभियान सुरु गर्ने

धारणा न्यूज by धारणा न्यूज
६ दिन अगाडि
Reading Time: 1 min read
0
रास्वपा दाङले आगामी निर्वाचन केन्द्रित अभियान सुरु गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दाङ । रास्वपा दाङले लुम्बिनी प्रदेश राजधानीबाट संगठन विस्तार, जनसम्पर्क र आगामी निर्वाचन केन्द्रित अभियान सुरु गर्ने भएको छ ।

दाङमा प्रदेश कार्यालय उदघाटनसँगै प्रदेशस्तरको संगठन सुदृढीकरण र जनतासँग प्रत्यक्ष संवादका कार्यक्रम अघि बढाउन लागिएको हो ।

पहिले लमहीमा रहेको रास्वपाको कार्यालय हाल प्रदेश राजधानीस्थल मौरीघाटमा स्थानान्तरण गरिएको छ । सो कार्यालय उदघाटन गरी पार्टीको अभियानका कार्यक्रममा सहभागी हुन रास्वपा महामन्त्री विपिन आचार्यसहित दाङबाट निर्वाचित सबै सांसदहरु आज दाङ देउखुरी पुग्दैछन् ।

रास्वपा दाङका जिल्ला सभापति किरण खनालले प्रदेश राजधानीबाट संगठन विस्तारको अभियान सुरु गर्न लागिएको बताए । ‘संगठन विस्तारसहितको अभियान हामी प्रदेश राजधानीबाटै सुरु गर्दैछौँ,’ सभापति खनालले भने, ‘यो विस्तार अब स्थानीय तह, प्रदेश र निर्वाचन क्षेत्र हुँदै वडा तथा टोलसम्म पुग्ने छ ।’

खनालका अनुसार अभियानको पहिलो चरणमा संगठनलाई वडा तथा टोल तहसम्म विस्तार गर्ने, स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र स्थानीयस्तरका समस्या तथा आवश्यकतालाई राजनीतिक एजेन्डासँग जोड्ने काम हुनेछ । ‘त्यसपछि स्थानीय तह र निर्वाचन क्षेत्र केन्द्रित गतिविधिलाई थप व्यवस्थित गरिने छ,’ उनले भने ।

सभापति खनालका अनुसार सांसद समेत रहेका रास्वपा महामन्त्री आचार्यले भोलि दाङ जिल्लाका सबै कार्यालय प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम छ । सो कार्यक्रममा जिल्लामा विकास निर्माणको अवस्था तथा सरकारका काम र प्राथमिकताका विषयमा जानकारी आदानप्रदान गर्दै छलफल गर्ने तयारी छ ।

साथै असोज २२ गते पर्यटन मन्त्री खडकराज पौडेल (गनेश) पनि दाङ जिल्ला जाने कार्यक्रम छ । उनी तुलसीपुरस्थित टरीगाउँको विमानस्थल अवलोकनमा जाने लगायतका कार्यक्रम छ । वर्तमान सरकारले टरीगाउँ विमानस्थल विस्तारका लागि बजेटसमेत विनियोजना गरेको छ ।

रास्वपा महामन्त्री विपिन आचार्य

रास्वपाले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशभर संगठन विस्तार र उम्मेदवार छनोटसम्बन्धी तयारी अघि बढाइरहेको छ । पार्टीले ७७ जिल्लाका ७५३ वटै पालिकामा सांसद तथा केन्द्रीय सदस्यलाई परिचालन गर्ने गरी अभियान सञ्चालन गर्ने जनाएको छ ।

अभियानमा स्थानीय सरकारका कामकारबाही, पार्टीका नीतिगत पहल तथा आगामी निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाबारे नागरिकसँग संवाद गर्ने विषय समेटिएको छ ।

दाङमा नयाँ नेतृत्व, संगठन विस्तारको जिम्मेवारी

रास्वपा दाङको प्रथम जिल्ला अधिवेशनबाट ३४ वर्षीय किरण खनाल जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । निर्वाचनमा खनालले १९६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी विनय घिमिरेले १२४ मत पाएका थिए ।

दाङका तीनवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय नेतृत्वसमेत चयन भइसकेको छ । निर्वाचन संयोजकका अनुसार क्षेत्र नम्बर १ मा मोहन आचार्य, क्षेत्र नम्बर २ मा किरण खड्का र क्षेत्र नम्बर ३ मा लाजुराम चौधरी चयन भएका छन् ।

नयाँ जिल्ला नेतृत्व चयन भएसँगै दाङमा संगठन विस्तार, पार्टी सुदृढीकरण र जनसम्बन्ध विस्तारलाई प्राथमिकतामा राखिएको छ ।

जिल्ला नेतृत्वलाई परम्परागत दलका संगठनको पकड तोड्दै रास्वपाका संगठन बनाउने र प्रदेश तथा स्थानीय तह निर्वाचनमा पार्टीलाई विजय गराउने चुनौति खनालमाथि छ ।

जेनजी आन्दोलनपछि भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाका उम्मेदवारहरु दाङका तीनवटै निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

प्रतिनिधि सभा निर्वाचनमा हासिल गरेको जितको श्रृंखला प्रदेश र स्थानीय तह निर्वाचनमा पनि कायम राख्ने चुनौति रास्वपा माथि छ ।

त्यसैले संगठन विस्तारसँगसँगै जनतासँग प्रत्यक्ष भेटघाट एवम् सम्वादका कार्यक्रम सन्चालन गर्ने रास्वपाले जनाएको छ ।

अभियानअन्तर्गत स्थानीयस्तरमा विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित समस्या पहिचान गर्ने, नागरिकका गुनासा तथा सुझाव संकलन गर्ने र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कार्यक्रम पनि सञ्चालन गरिने रास्वपा दाङ सभापति खनालले बताए ।

यसको मुख्य उद्देश्य स्थानीय तह र प्रदेश निर्वाचनका लागि संगठनात्मक आधार तयार गर्ने रहेको रास्वपा दाङका नेताहरु बताउँछन् ।

रास्वपाले यसअघि नै स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा र ‘क्यान्डिडेट छनोट क्लब’ सम्बन्धी गृहकार्य सुरु गरेको थियो ।

यो पनि पढ्नुहोस्

पुटिनले युद्ध अन्त्य गर्न अमेरिकी ट्रम्पलाई जानकारी गरायाे

पुटिनले युद्ध अन्त्य गर्न अमेरिकी ट्रम्पलाई जानकारी गरायाे

२ घण्टा अगाडि
राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यी स्थानमा लाेडसेडिंग हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

सीजेपीले हिरासतमा लिएको दाबी

जलवायु परिवर्तनका कारण नेपालले भोगेको संकटको क्षतिपूर्ति धनी राष्ट्रहरुले भर्नुपर्छः युवाहरु

कांग्रेसकाे सभापतिमा गगन थापा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक