मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कार्गो विमान (बोइङ ७३७) अचानक बेपत्ता

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
कार्गो विमान (बोइङ ७३७) अचानक बेपत्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । शारजाहबाट कराँचीका लागि उडेको पाकिस्तानको ‘के२ एयरवेज’ को एक कार्गो विमान (बोइङ ७३७) अचानक बेपत्ता भएको छ । बीबीसी उर्दू सेवाका अनुसार उक्त विमानमा चालक दलका पाँच जना सदस्य सवार थिए।

पाकिस्तान एयरपोर्ट अथोरिटीलाई उद्धृत गर्दै बीबीसी उर्दूले जनाएअनुसार, मंगलबार पाकिस्तानी समयअनुसार राति ९:१८ बजे विमानको नेभिगेसन प्रणालीमा खराबी आएको सूचना प्राप्त भएको थियो ।

त्यसलगत्तै कराँची एरिया कन्ट्रोल सेन्टरले तत्कालै विमानलाई मार्गनिर्देशन (गाइड) गर्न शुरू गरेको थियो। तर, राति ९:२१ बजे रडारमा विमान तीव्र गतिमा तलतिर झरिरहेको देखियो र त्यसको दिशा पनि अचानक बदलियो । त्यसको केही बेरमै कराँचीभन्दा करिब १५५ नटिकल माइल पश्चिममा विमानको रडार र रेडियो सम्पर्क पूर्ण रूपमा विच्छेद हुन पुगेको हो ।

बेपत्ता विमानको खोजीका लागि पाकिस्तानी नौसेना (नेभी), वायुसेना (एयरफोर्स) र अन्य सरकारी एजेन्सीहरू परिचालन गरिएका छन्। पाकिस्तानी नौसेनाको युद्धपोत ‘पीएनएस जुल्फिकार’लाई सम्भावित दुर्घटना क्षेत्रमा पठाइएको छ । यसै गरी, पाकिस्तानी नौसेनाको एक एटीआर विमानले तुर्बतबाट उडान भरेर खोजी शुरू गरिसकेको छ भने पाकिस्तान नेशनल शिपिंग कर्पोरेसनको व्यावसायिक जहाज ‘लाहोर’ पनि खोज तथा उद्धार अभियानमा जुटेको छ।

पाकिस्तानमा यसअघि सन् २०२० मा ठुलो विमान दुर्घटना भएको थियो। त्यस समयमा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको एक आन्तरिक यात्रुवाहक विमान कराँची विमानस्थलमा अवतरण गर्नु ठीक अघि दुर्घटनाग्रस्त भएको थियो। उक्त विमानमा सवार ९९ जनामध्ये केवल दुई जना मात्र जीवित बच्न सफल भएका थिए।

यो पनि पढ्नुहोस्

रुससँगको सम्बन्धको भविष्यप्रति आशावादी

रुससँगको सम्बन्धको भविष्यप्रति आशावादी

२ दिन अगाडि
ड्रोन कार्यदल ‘फाल्कन स्ट्राइक’ गठन गर्ने योजना सार्वजनिक

ड्रोन कार्यदल ‘फाल्कन स्ट्राइक’ गठन गर्ने योजना सार्वजनिक

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

यस्ताे छ माैसम

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक