मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उद्योगीहरूलाई धरपकड गर्ने तयारी गरिएको भन्दै ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
उद्योगीहरूलाई धरपकड गर्ने तयारी गरिएको भन्दै ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रभित्रका उद्योगहरूको विद्युत् लाइन काट्ने र उद्योगीहरूलाई धरपकड गर्ने तयारी गरिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा सञ्चालित १० वटा औद्योगिक क्षेत्रका करिब ७०० उद्योगहरूमाथि प्रशासनिक बल प्रयोग गरिनु कानुनी राज्य र व्यावसायिक शिष्टाचार विपरीत रहेको महासंघको ठहर छ ।

औद्योगिक क्षेत्रको जग्गा भाडा वृद्धिको विवाद हाल सर्वोच्च अदालत र उच्च अदालतमा विचाराधीन रहेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड आफैँले अदालतको फैसलाउपर पुनरावलोकनको मुद्दा दायर गरेको अवस्थामा, उद्योगीहरूलाई सात दिनको छोटो अवधि दिएर बक्यौता तिर्न ताकेता गर्नु न्यायसंगत नभएको विज्ञप्तिमा उल्लेख छ ।

उद्योगीहरूले भाडा दरको स्पष्ट विवरण माग गर्दा समेत उपलब्ध नगराई एक्कासि विद्युत काट्ने र मानसिक दबाब दिने कार्य भइरहेको महासंघको गुनासो छ ।

वर्तमान समयमा अर्थतन्त्र शिथिल बनेका बेला उत्पादनमूलक उद्योगहरूलाई प्रोत्साहन र संरक्षण गर्नु राज्यको प्राथमिक दायित्व भएको महासंघले स्मरण गराएको छ । यस्तो संवेदनशील समयमा उद्योगहरूको उत्पादन ठप्प पार्दा स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल गिर्ने र लगानी निरुत्साहित हुनेतर्फ महासंघले सचेत गराएको छ ।

महासंघले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसमक्ष उद्योगहरूलाई त्रसित पार्ने र उत्पादन रोक्ने खालका सबै गतिविधि तत्काल बन्द गर्न माग गरेको छ । कानुनी प्रक्रियाको सम्मान गर्दै संवाद र सहमतिको माध्यमबाट जग्गा भाडाको वैज्ञानिक र व्यवहारिक समाधान खोज्न आग्रह गर्दै महासंघले यसका लागि सहजकर्ताको भूमिका निर्वाह गर्न आफू तयार रहेको समेत स्पष्ट पारेको छ ।

यो पनि पढ्नुहोस्

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

१ मिनेट अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

देशभर मनसुनी वायुको प्रभाव

३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आर्थिक क्रियाकलाप अघि बढाउनु आजको आवश्यकता

स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्याे

प्रधानमन्त्रीले पुँजी बजार बारेमा विशेष छलफल गर्ने

१ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्ने

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक