आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देशव्यापी सुझाव सङ्कलन सञ्चालन गर्दै एमाले

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
देशव्यापी सुझाव सङ्कलन सञ्चालन गर्दै एमाले
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आज पार्टी कार्यालय च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले सङ्गठन सुदृढीकरण र भाबी कार्यदिशा निर्धारणलाई लक्षित गर्दै असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तय गरेको पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनु गराउनु भयाे ।

उहाँका अनुसार बैठकले पार्टी संरचना थप सुदृढ र प्रभावकारी बनाउन प्रदेशदेखि केन्द्र तहसम्म सुझाव सङ्कलन तथा छलफल कार्यक्रम सञ्चालन गर्ने भएको हो। बैठकले तय गरेको कार्यतालिका अनुसार विभिन्न प्रदेश तथा संरचनागत निकायहरूमा सुझाव सङ्कलन कार्यक्रम अनुसार जेठ ३० गते बागमती प्रदेशमा, असार २ गते कोशी प्रदेशमा, असार ४ गते लुम्बिनी प्रदेशमा, असार ६ गते सुदूरपश्चिम प्रदेशमा, असार ८ गते कर्णाली प्रदेशमा, असार ११ गते गण्डकी प्रदेशमा, असार १३ गते मधेश प्रदेशमा, असार १६ गते राजधानी काठमाडौँमा, असार १७ गते सम्पर्क समन्वयको, असार १८ गतेः जनसङ्गठनको, असार १९ गते विभाग प्रमुख तथा निकायका पदाधिकारीहरूसँग कार्यक्रम गर्ने भएकाे छ ।

प्रदेशस्तरीय भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला तहका पदाधिकारीहरूको सहभागिता रहने छ। कार्यक्रमको समन्वय सम्बन्धित प्रदेश इन्चार्जहरूले गर्ने निर्णय गरिएको छ। त्यसैगरी, कार्यदलको सदस्य–सचिवको जिम्मेवारी शङ्कर पोखरेललाई दिने निर्णय बैठकले गरेको छ।

बैठकमा अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध, सङ्गठित र जनमुखी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै कार्यकर्तालाई जनतामाझ सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो ।

उहाँले सङ्गठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी राजनीतिक कार्यदिशाबारे धारणा राख्नुभएको थियो। बैठकमा निर्वाचन समीक्षा, सङ्गठन पुनर्गठन तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल भएको कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतले जानकारी गराउनु भयाे ।

 

यो पनि पढ्नुहोस्

एमबाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी

एमबाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी

११ मिनेट अगाडि
पोखरामा शृंखलाबद्ध चोरीका घटना सार्वजनिक

पोखरामा शृंखलाबद्ध चोरीका घटना सार्वजनिक

१४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवकास पाइसकेका व्यक्तिलाई करारमा नराख्न पत्राचार

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउन सम्झौता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक