बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेजीप्रति गम्भीर ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
९ घण्टा अगाडि
Reading Time: 1 min read
0
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेजीप्रति गम्भीर ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल सरकारद्वारा आदिवासी जनजातिहरूको भाषा, संस्कृति, परम्परागत ज्ञान, सीप, पहिचान तथा समग्र उत्थान र विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ तथा बौद्ध धर्म, दर्शन, संस्कृति र गुम्बा संरक्षण तथा विकासका क्षेत्रमा क्रियाशील ‘बौद्ध दर्शन तथा गुम्बा विकास समिति खारेज गरिएको भन्ने विषय सञ्चार (गोरखापत्र वर्ष १२६, अंक ३३ प्रकाशित मिति २०८३ जेष्ठ २५गते, सोमवार) माध्यममार्फत सार्वजनिक भएको समाचारप्रति नेपाल मगर संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक राष्ट्र हो । नेपालको संविधानले विविधता, समावेशिता, समानुपातिक सहभागिता तथा आदिवासी जनजातिहरूको भाषा, संस्कृति, पहिचान र परम्परागत ज्ञानको संरक्षण तथा प्रवर्द्धनलाई राज्यको महत्वपूर्ण दायित्वका रूपमा स्वीकार गरेको छ । यस सन्दर्भमा आदिवासी जनजाति समुदायहरूको हक, हित र पहिचान प्रवर्द्धनका लागि स्थापना गरिएका संस्थाहरूको अस्तित्व र प्रभावकारी सञ्चालन राज्यको संवैधानिक दायित्वभित्र पर्दछ ।

नेपालको संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिहरूको हक, अधिकार, भाषा, संस्कृति तथा पहिचान संरक्षणमा यस्ता संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । त्यसैले यदि सार्वजनिक भएको समाचार सत्य हो भने उक्त निर्णयप्रति नेपाल मगर संघ गम्भीर असहमति व्यक्त गर्दै नेपाल सरकारले गरेको त्रुटिपूर्ण निर्णय तुरुन्तै फिर्ता गरी सम्बन्धित संस्थाहरूको अस्तित्व, स्वायत्तता र प्रभावकारी सञ्चालन सुनिश्चित गर्न आग्रह गर्दछ ।

नेपाल मगर संघ आदिवासी जनजातिहरूको संवैधानिक, कानुनी तथा मानवअधिकारसम्बन्धी अधिकारहरूको संरक्षण र प्रबर्द्धनका पक्षमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दछ । नेपाल सरकारले गरेको यस्तो त्रुटिपूर्ण निर्णय तुरुन्तै फिर्ता नभए मगर समुदाय लगायत सम्पूर्ण आदिवासी जनजाति समुदाय आफ्ना अधिकार, पहिचान र अस्तित्वको रक्षाको लागि हामी सशक्त आन्दोलनमा उत्रिन बाध्य हुनेछ, यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेबार नेपाल सरकार स्वयं हुनु पर्नेछ ।

यो पनि पढ्नुहोस्

विश्वकपमा अन्तिम क्वाटरफाइनल खेलहरू हुँदै

इतिहासकै सबैभन्दा उन्नत विश्वकप बन्दै

७ घण्टा अगाडि
यूएईमा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर  सम्मानित

यूएईमा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर सम्मानित

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

मन्त्रिपरिषद् विस्तार जारी

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक