काठमाडौं । त्रिवि गेट नजिक आज गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका १९ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
६० ओटा सवारी साधन चेक गर्दा हेण्डब्रेक दुरुस्त नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै खिइएका तथा अवस्था ठिक नभएका १९ ओटा सवारी साधनका चालकलाई कारवाही गरिएको हो ।
अवस्था ठिक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटनाको सम्भावना रहने र त्यसबाट यात्रु तथा सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयवाट टोली काठमाडौंको TU गेट नजिक आज खटिएको थियो ।
नियमित रुपमा आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन सञ्चालन गर्नु हुन सम्पुर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले अनुरोध गर्नुभएको छ ।


