मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रवि, जिबीविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयकाे आदेश

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
रवि,  जिबीविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने  निर्णयकाे आदेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, गोर्खा मिडियाका प्रालिका अध्यक्ष जिबी राई र सञ्चालक रामबहादुर खनाल लगायतविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने सम्बन्धी महान्यायाधिवक्ता कार्यालयको निर्णयमा सुनुवाइ गर्न उच्च अदालतले पोखराले आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय डा.रत्‍नबहादुर बागचन्द र मेरिना श्रेष्ठको इजलासले बिहीबार सुनुवाइ गर्ने आदेश दिएको हो ।

अन्तरिम सरकारका महान्यायाधिवक्ता सविता भण्डारीको पालामा गत पुसमा सभापति लामिछाने लगायत प्रतिवादी रहेको जिल्ला अदालत कास्कीमा विचाराधीन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाबाट अभियोग संशोधन गरेर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

महान्यायाधिवक्ता कार्यालयको निर्णय अुनसार जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग फिर्ता गर्न माग गर्दै जिल्ला अदालतमा निवेदन दियो ।

त्यसमा सुनुवाइ गर्दै गत फागुनमा जिल्ला न्यायाधीश नीतिज राईले अभियोग फिर्ताको सन्दर्भमा सर्वोच्च अदालतमा समेत रिट परेकाले त्यहाँबाट आउने आदेश जिल्ला अदालतमा पेस भएपछि मात्र निर्णय हुने आदेश गरे ।

न्यायाधीश राईले गरेको आदेश बेरित भएकाले खारेज गर्नुपर्ने माग सहित सञ्चालक रामबहादुर खनालले उच्च अदालत गुहारे ।

न्यायाधीशद्वय बागचन्द र श्रेष्ठको इजलासले जिल्ला अदालतको आदेशलाई बेरितको भन्ने सञ्चालक खनालको निवेदनलाई नै बेरितको ठहर गरेको उच्च अदालतका उपरजिष्ट्रर निलप्रसाद पनेरुले जानकारी दिए ।

आदेशमा भनिएको छ, ‘सम्मानीत सर्वोच्च अदालतमा दायर रिट निवेदनहरू विचाराधीन रहेको भएपनि महान्यायाधिवक्तावाट भएको उक्त निर्णय कार्यान्वयन नगर्नु भनी त्यस्तो कुनै अन्तरिम आदेश समेत जारी भएको भन्ने नदेखिएको साथै सुरु अदालतहरूमा पेस हुने नियमित प्रक्रिया र कार्यविधि अन्तर्गतका निवेदन र मुद्दाहरूमा आवश्यक कानून बमोजिमका कारबाहीका लागि लामो समयसम्म प्रभावित हुनेगरी ढिलाइ हुँदा सुरु तहको अदालतमा उचित समयमा न्याय निरुपण नभई हिमज अवस्था लामो समयसम्म कायम रहन गएमा समग्र न्यायापालिकाको क्रियाशीलता सजीवता र गैरढिलाइको सिद्धान्त, नीति र कार्ययोजना समेतमा नकारात्मक असर पर्ने समेतको अवस्थालाई विचार गरी प्रस्तुत निवेदनमा त्यहाँ अदालतवाट हुने कारबाही जे जस्तो प्रक्रियामा पुगेको अवस्थामा पनि पछि सम्मानित सर्वोच्च अदालतबाट उक्त रिटहरूमा हुने फैसला बमोजिम हुने नै हुँदा त्यहाँ अदालतबाट मिति २०८२।११।०४।२ मा भएको आदेश बेरितको देखिँदा बदर गरिदिएको छ ।’

आदेशमा अगाडि भनिएको छ, ‘अब सरकारी वकील कार्यालय, कास्कीद्वारा दायर निवेदनमा सरकारी वकील तथा सरोकारवाला यी निवेदक समेतको प्रतिनिधित्व हुने गरी सुनुवाई गरी प्रस्तुत निवेदनको विषयमा निर्णय गर्नू ।’

यो पनि पढ्नुहोस्

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

५ घण्टा अगाडि
विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

यस्ताे छ माैसम

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक