काठमाडौैं। स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेट भएको छ ।
मंगलबार मन्त्रालयमा भएको भेटमा नेपाल र भारतबीच सदियौंदेखि रहिआएको ऐतिहासिक तथा प्रगाढ सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विविध आयाममाथि गहन विचार–विमर्श भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।
भेटमा राजदूत श्रीवास्तवले मन्त्री मेहतालाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् भने मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त निरन्तर सहयोग तथा सद्भावप्रति हार्दिक कृतज्ञता प्रकट गरिएको उनको सचिवालयले जनाएको छ ।
भेटमा नेपालका राष्ट्रिय स्तरका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्रहरूको स्थापना तथा समग्र स्वास्थ्य पूर्वाधार विकासमा आगामी दिनमा भारतीय सहयोग र सहकार्यलाई निरन्तरता दिने भएकाे छ ।


