काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।
चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।
बैठकको सम्भावित कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल सरकार र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्ध सम्झौता’ पेस गर्ने उल्लेख छ ।
बैठकमा अर्थमन्त्री स्वर्णीम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


