मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

असफलताबाट पाठ सिकेर अघि बढन प्रधानमन्त्रीलाई सुझाव

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 2 mins read
0
असफलताबाट पाठ सिकेर अघि बढन प्रधानमन्त्रीलाई सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले विगतका सरकारका असफलताबाट पाठ सिकेर अघि बढन प्रधानमन्त्री बालेन साहलाई सुझाव दिएका छन् ।

बुधबार काठमाडौंको बबरमहलस्थित सडकमा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्री शाह शक्तिशाली प्रधानमन्त्री रहेको उल्लेख गर्दै गल्ती गर्ने छुट नभएको जनाए ।

उनले आफूले केपी ओलीलाई पनि शक्तिमा भएको बेला गल्ती नगर्न सुझाए पनि त्यसलाई बेवास्ता गर्दा अहिलेको नियति भोग्नुपरेको भन्दै प्रधानमन्त्री बालेनले पनि त्यसबाट पाठ सिकेर अघि नबढे सोही हालत बेहोर्नुपर्ने अवस्था आउने चेतावनी दिए ।

उनले भने, ‘तपाईं जति शक्तिशाली हुनुहुन्छ, यदि गल्ती गर्नुभयो भने धेरै चाँडो तपाईँमाथि संकटहरू आईपर्नेछ । म फेरि पनि दोहोर्‍याएर भन्छु– बालेन शाह नेतृत्वको सरकार असफल हुँदा प्रतिपक्षका हिसावले कोही खुसी होलान् । तर यसको मूल्य सबैले तिर्नुपर्छ । यो डर हामी सबै नागरिकलाई छ । यस्तो मूल्य फेरि तिर्न नपरोस् ।’

नेता भूसालले प्रधानमन्त्री साहलाई इतिहासलाई गिज्याउने खालको काम नगर्न पनि सचेत गराए ।

उनले अगाडि भने, ‘म सम्झिन्छु २०७६ सालको सम्भवतः भदौ वा असोजको कुरा हो । मैले कमरेड ओलीलाई भनेको थिएँ  । राति ११/१२ बजेको थियो । कमरेड ओली, तपाईंको व्यक्तित्व यो राष्ट्रको पूँजी हो । किनकी यस्तो व्यक्तित्वहरू जसको बन्छ, यो राष्टको पूँजी हुन्छ । यो धेरै ठूलो कुरा हो । राष्ट्रका लागि यो बलियो आधार हो । अझ पार्टीका लागि त यो ठूलो पूँजी हो । तर कमरेड ख्याल गर्नुस् । तपाईंको व्यक्तित्व ओरालो लाग्दैछ है । मैले त्यो कुन बेलामा भनेको थिएँ भने जति बेला कमरेड ओली सबभन्दा लोकप्रिय हुनुहुन्थ्यो । त्यो बेला कमरेड ओलीको खुट्टा विस्तारै अन्त हिँडदै थिए । उहाँको खुट्टा देखिराखेको थिएँ मैले । उहाँको खुट्टा पछाडि फर्कन लागेको देखेपछि मैले उहाँलाई सचेत पारेको थिएँ । उहाँले अलिकति बेवास्ता, अलिकति खिसीको भावमा मेरो कुरालाई उडाइ दिनुभयो । म अहिले पनि सम्झन्छु, कमरेड ओलीलाई यस्ता सल्लाहहरू मान्य भएन । र त्यसको मूल्य धेरै ठूलो भयो । यो ओलीजीको मात्रै होइन, संसारका जुनसुकै मानिस, जसका खुट्टा पछाडि फर्किन्छन् र उनीहरू पावरमा छन् । तिनीहरूको नियति यस्तै हुन्छ । यो कुराबाट तपाईंहरूले सिकिदिनुस् है । इतिहासलाई गिज्ज्याएर मात्रै तपाईँहरू सन्तोष नगर्नु होला ।’

भूसालले जतिसुकै शक्तिशाली शासकले विगतबाट पाठ सिकेर अघि नबढे नागरिकले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउने तथ्य पनि स्मरण गराए ।

यो पनि पढ्नुहोस्

अटोरिक्साको ठक्करबाट महिलाको  मृत्यु

करेन्ट लागेर मृत्यु

३ घण्टा अगाडि
एनडिएका सांसदहरू पुगेर अन्योल हटाउन निर्देशन

एनडिएका सांसदहरू पुगेर अन्योल हटाउन निर्देशन

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन

कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै

अवैध लागूऔषध सहित चार जना पक्राउ

देशभर मनसुनी वायुको प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक