मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वाणिज्य महासंघमा नयाँ कार्यसमिति चयन

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
वाणिज्य महासंघमा नयाँ कार्यसमिति चयन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उद्योग–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमिति चयन भएको छ ।

विद्यमान विधानको प्रावधान अनुसार महासंघ नेतृत्वमा अञ्जन श्रेष्ठ स्वत: पुगेका छन् । उनी चन्द्रप्रसाद ढकाल नेतृत्वको निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए ।

महासंघको ६०औं साधारणसभा तथा निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्ष श्रेष्ठको कार्यकाल तीन वर्षको हुनेछ ।
उपाध्यक्षमा यी भए निर्वाचित ?

यस पटक जिल्ला, नगर उद्योग वाणिज्य समूहतर्फ दुई उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भए । उनीहरूले क्रमश: ८७ र ८० मत पाए । उनीहरूका प्रतिस्पर्धी उमेश डालमिया र कल्पना गैरेले क्रमश: ५७ र ३४ मत पाए ।

वस्तुगततर्फ निर्वाचित हुने एक उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भए । उनले ६३ मत ल्याउँदा प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत पाए । एसोसिएटतर्फ एक उपाध्यक्ष निर्वाचित हुने प्रावधान छ । जसमा प्रबलजंग पाण्डे विजयी भए । उनले १ हजार ७९ मत ल्याउँदा प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७ सय ५० मत पाइन् ।

जिल्ला नगर उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य (खुला)

जिल्ला, नगर उद्योग वाणिज्य संघतर्फ कार्यसमिति सदस्यमा १५ जना निर्वाचित हुने प्रावधान छ । जसमा अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, प्रयास श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल निर्वाचित भएका छन् ।

जिल्ला, नगर उद्योग वाणिज्य संघतर्फ दुई महिला सदस्यमा गिता अमात्य र हिरा भट्टराई निर्वाचित भए । प्रदेशतर्फ जिल्ला/नगर उद्योग वाणिज्य समूहबाट कार्यसमिति सदस्यमा १४ जना निर्वाचित भए । जस अनुरूप कोशीबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमरनाथ साह र विकासकुमार सारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ विजयी भएका छन् ।

गण्डकी प्रदेशबाट पवित्रकुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनी प्रदेशबाट यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी, कर्णालीबाट पदमबहादुर शाही र पुरीचन्द्र देवकोटा निर्विरोध निर्वाचित भएका छन् । सुदूरपश्चिमबाट पिताम्बर जोशी विजयी भएका छन् ।

वस्तुगत समूह सदस्य

वस्तुगत समूहतर्फ कार्यसमिति सदस्यमा १३ जना निर्वाचित भएका छन् । जस अनुसार अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान र संघर्ष विष्ट विजयी भएका छन् ।

यसैगरी सागर ढकाल र होमप्रसाद घिमिरे समेत विजयी भएका छन् । वस्तुगततर्फ ४ जनाले भने समान ५०/५० मत पाएर बराबर भएका छन् । वस्तुगतमा एक महिला सदस्यमा सुनिता न्हेम्हाफुकी विजयी भएकी छिन् । वस्तुगत महासंघबाट कार्यसमिति सदस्य दुई निर्वाचित हुनुपर्नेमा विश्वनाथ खनाल र सुनैना घिमिरे विजयी भए ।

एसेसिएट कार्यसमिति सदस्य

एसोसिएटतर्फ कार्यसमिति सदस्य १७ जना निर्वाचित भए । जसमा अम्बिकाप्रसाद पौडेल, ईश्वरबहादुर जीसी, उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी र बटु लामिछाने विजयी भए । यसैगरी बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छासमेत विजयी भएका छन् ।

एसोसिएट महिलामा २ कार्यसमिति सदस्य निर्वाचित भए । जसमा अभिज्ञा मल्ल र जुना माथेमा छ्न् । द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक कार्यसमिति सदस्य निर्वाचित हुने प्रावधान अनुसार मनोज पौडेल विजयी भए । संस्थापक सदस्य समूहबाट दुई कार्यसमिति सदस्य निर्वाचित भए । जसमा गोपाल श्रेष्ठ र सुमनकुमार श्रेष्ठ विजयी भएकाे छ ।

यो पनि पढ्नुहोस्

आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

१४ घण्टा अगाडि
नेकपा गठन भएको ९ महिनापछि  धनकुटामा एकता

नेकपा गठन भएको ९ महिनापछि धनकुटामा एकता

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आर्थिक क्रियाकलाप अघि बढाउनु आजको आवश्यकता

स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्याे

प्रधानमन्त्रीले पुँजी बजार बारेमा विशेष छलफल गर्ने

१ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्ने

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक