मङ्ल, असार ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

मुसाबाट सर्ने दुर्लभ रोग ‘हान्ताभाइरस’ बाट मृत्यु

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
अटोरिक्साको ठक्करबाट महिलाको  मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एटलान्टिक महासागरमा सञ्चालित एक पानीजहाजमा तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये कम्तीमा एक जनामा मुसाबाट सर्ने दुर्लभ रोग ‘हान्ताभाइरस’ पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार अर्जेन्टिनाको उशुआयाबाट केप भर्डेतर्फ गइरहेको एमभी होन्डियस क्रुज जहाजमा हान्ताभाइरसको सम्भावित प्रकोपबारे अनुसन्धान भइरहेको छ । आइतबार सार्वजनिक वक्तव्यमा डब्लूएचओले एक जनामा संक्रमण पुष्टि भएको र थप कम्तीमा पाँच जना यात्रुमा संक्रमणको आशंका गरिएको जनाएको छ । ‘६ जना प्रभावितमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने एक जना दक्षिण अफ्रिकामा सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन्,’ वक्तव्यमा उल्लेख छ । डब्लूएचओका अनुसार थप प्रयोगशाला परीक्षण तथा महामारीसम्बन्धी अनुसन्धान जारी छ ।

यात्रु र चालक दललाई आवश्यक स्वास्थ्य सेवा तथा सहयोग उपलब्ध गराइँदैछ भने भाइरसको जिन सिक्वेन्सिङ पनि भइरहेको छ । साथै, लक्षण देखिएका अन्य दुई यात्रुलाई उद्धार गर्न देशहरूबीच समन्वय गरिरहेको जनाएको छ ।

हान्ताभाइरस संक्रमित मुसाको दिसा वा पिसाबमार्फत मानिसमा सर्ने दुर्लभ रोग हो । गम्भीर अवस्थामा यसले रगत बग्ने ज्वरो (हेमोरेजिक फिभर) निम्त्याउन सक्छ र ज्यानसमेत जान सक्छ। दम्पतीको पनि मृत्यु दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयले आइतबार यसअघि ‘गम्भीर तीव्र श्वासप्रश्वास सम्बन्धी रोग’को प्रकोप भएको र कम्तीमा दुई जनाको मृत्यु भएको जनाएको थियो ।

तेस्रो व्यक्ति जोहानेसबर्गमा आईसीयूमा उपचाररत रहेको समाचार संस्था एएफपीले जनाएको छ । मन्त्रालयका प्रवक्ता फोस्टर मोहालेका अनुसार जोहानेसबर्गमा उपचाररत बिरामीमा हान्ताभाइरस पुष्टि भएको छ ।

पहिलो पटक लक्षण देखिएका ७० वर्षीय पुरुषको जहाजमै मृत्यु भएको थियो । उनको शव हाल दक्षिण एटलान्टिकस्थित बेलायती क्षेत्र सेन्ट हेलेना टापुमा राखिएको छ । उनकी ६९ वर्षीया श्रीमती पनि बिरामी परेपछि दक्षिण अफ्रिका लगिएको थियो, जहाँ उनको जोहानेसबर्गस्थित अस्पतालमा मृत्यु भएको मोहालेले जानकारी दिएका छन् ।

मृतकहरूको राष्ट्रियता हालसम्म पुष्टि नभएको जनाइएको छ । तर आईसीयूमा रहेका बिरामी ६९ वर्षीय बेलायती नागरिक भएको एएफपीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?

मध्यपूर्बमा फेरि भयानक युद्ध : बिश्वनै गम्भीर संकटको चपेटामा 

१२ घण्टा अगाडि
गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न माग

गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न माग

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बाघको आक्रमणबाट एक महिला घाइते

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उरुग्वेमा नयाँ प्रशिक्षक डिएगो फोर्लान

गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न माग

नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु

रितेश शर्मामाथिको कुटपिट घटनामा संलग्नता नरहेको सांसद शाहको दाबी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक