आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ऊर्जामन्त्रीले गरेका कामको विवरण सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
ऊर्जामन्त्रीले गरेका कामको विवरण सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले कार्यकाल सम्हालेको दुई सातामा (चैत महिनामा) गरेका कामको विवरण सार्वजनिक गरेका छन् । यसबीचमा मन्त्रिपरिषद्‌बाट स्वीकृत शासकीय सुधार कार्यसूचीको प्रभावकारी कार्यान्वयनका लागि मातहत निकाय परिचालन गरिएको उनको कार्यविवरणमा उल्लेख छ ।

सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ बमोजिम सुशासन इकाइ गठन गरिएको समेत उनले जानकारी दिएका छन् । इकाइले ‘डेलिभरीमा आधारित शासन प्रणाली’ अन्तर्गत कर्मचारी कार्यसम्पादनको नियमित अनुगमन, मूल्यांकन र सरकारी स्रोतको सदुपयोग निगरानी गर्दै आएको समेत उनले जनाएका छन् ।

पदभार ग्रहणलगत्तै विद्युत हटलाइन ११५१ लाई प्रभावकारी बनाउने निर्देशन दिइएको उनको विवरणमा उल्लेख छ । दुई साताको अवधिमा विद्युत् सेवासम्बन्धी कुल ४,२६९ वटा गुनासो प्राप्त (फोनः ४,२४८, ह्वाट्सएपः १४, इमेलः २, हेलो सरकारः ५) आएको र शतप्रतिशत गुनासो फस्र्यौट गरिएको उनको धारणा छ ।

यस अवधिमा ऊर्जा निर्यात र खपत रणनीति तयारी समिति गठन गरिएको छ । जसको संयोजक सहसचिव सन्दीप कुमार देव छन् । समितिले प्रारम्भिक मस्यौदा मन्त्रीसमक्ष पेश गरिसकेको र छलफलपछि विस्तृत प्रतिवेदन तयार गरिने समेत उनले जनाएका छन् । सहसचिव डा. महेश्वर श्रेष्ठको नेतृत्वमा अलपत्र/रुग्ण आयोजना पुनरावलोकन समिति गठन गठन गरिएको छ । सो समितिको प्रतिवेदनलाई आगामी बजेट तर्जुमा गर्दा सम्बोधन गरिने जनाइएको छ ।

सहसचिव सागरराज गौतमको संयोजकत्वमा ‘पेन्डिङ पीपीए’ तथा अनुमतिपत्र १८० दिनभित्र टुंग्याउने समिति गठन गरी काम प्रारम्भ गरिएको उनले बताएका छन् । सहसचिव मोहन शाक्यको संयोजकत्वमा विद्युत् विकास विभागका अनुमतिपत्र समीक्षा समिति गठन गरी काम भइरहेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

उनले जलस्रोत, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता, विद्युत् र सिँचाइ विधेयक प्राथमिकताका आधारमा संसदको आगामी अधिवेशनमा पेश गर्नेगरी तयारी भइरहेको समेत जनाएका छन् । जसमध्ये नवीकरणीय ऊर्जा विधेयकको मस्यौदा तयार भइसकेको बताइएको छ । यसबीचमा जेनजी आन्दोलनका शहीद परिवारलाई रोजगारी दिने प्रक्रिया अघि बढाइएको उनको विवरणमा उल्लेख छ ।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९ औं बैठकले छुटेका आठ जना शहीद परिवार सदस्यलाई रोजगारी दिने निर्णय गरेको थियो । थप रोजगारी प्रक्रियामाः रोजित श्रेष्ठ, अम्बिका विश्वकर्मा, सुमित्रा महत, शीतल पौडेल, मौसम कुलुङ, पार्वती अधिकारी, हेमन्ती विष्ट, मञ्जु पौडेलका परिवार सदस्य रहेका छन् । यसअघि २७ जना शहीद परिवारलाई रोजगारी प्रक्रिया अगाडि बढिसकेको छ ।

सचिवालयका अनुसार विश्व बैंक तथा दातृ निकायसँग रूपान्तरणकारी आयोजनाका लागि संवाद भइरहेको छ । वैकल्पिक ऊर्जा विकास समितिको १११ औं बैठकले १९.८७ मिलियन अमेरिकी डलर (करिब २ अर्ब ९० करोड रुपैयाँ) बराबरको परियोजना हानी नोक्सानी कोषमा पेश गर्ने निर्णय गरेको छ ।

मन्त्री श्रेष्ठको पहलमा ऊर्जा क्षेत्रको समग्र विकास र दीर्घकालीन योजना तय गर्ने उद्देश्यका साथ विद्युत् नीतिलाई अगाडि बढाएको समेत सचिवालयले जनाएको छ । ऊर्जा सचिव चिरञ्जीवि चटौतको नेतृत्वमा गठित कार्यदलले तयार गरेको प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिन सरोकारवालाहरुसँग छलफल जारी राखिएको समेत जनाइएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रधानमन्त्री कार्यालयमा पेश गरिएको मन्त्रालयले जनाएको छ । सुनकोशी–मरिन डाइभर्सन आयोजनाको सिभिल निर्माण बोलपत्र एक महिनाभित्र प्रकाशित गर्ने तयारीका साथ गृहकार्य भइरहेको समेत सचिवालयले जनाएको छ । बहुउद्देश्यीय सिँचाइ आयोजना व्यवस्थापन कम्पनी गठनको मोडालिटी अन्तिम चरणमा पुर्‍याइएको छ ।

मन्त्रालयका अनुसार हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माणको अवरोध हटाएर चार्ज गर्ने व्यवस्था मिलाउन मातहतका निकाय परिचालन गरिएको छ । त्रिभुवन विमानस्थलमा उड्डयन मौसम सूचना डिजिटल प्रणालीमा लैजाने कार्य अगाडि बढेको छ । दोदोधारा–बरेली र इनरुवा–पूर्णिया ४०० केभी आयोजना कम्पनी खडा गर्ने काम थालिएको छ । महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गत ११ केभी तथा ४०० भोल्ट संरचना भूमिगत र क्षमता वृद्धि गर्ने कार्य अगाडि बढेको मन्त्रालयले जनाएको छ ।

मनसुनजन्य डुबान/कटान जोखिम क्षेत्रमा विपद् पूर्वतयारी गर्ने कार्यलाई तीव्रता दिइएको छ । बूढीगण्डकी जलाशयुक्त आयोजनालाई अगाडि बढाउने क्रममा पुल र क्याम्प निर्माण बोलपत्र आह्वान भएको मन्त्रालयको धारणा छ ।

यो पनि पढ्नुहोस्

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

८ घण्टा अगाडि
प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु

प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवकास पाइसकेका व्यक्तिलाई करारमा नराख्न पत्राचार

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउन सम्झौता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक