काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले पूर्व सभामुखहरूबीच भेटवार्ता भएकाे छ ।
सभामुख अर्यालले आज पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेको उनको सचिवालयले जानकारी गराएकाे छ ।
भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचारविमर्श भएको सभामुखको सचिवालयको भनाइ छ। चैत २२ गते अर्याल निर्विरोध सभामुख निर्वाचित भएका थिए।


