मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रम बालेनलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
प्रम बालेनलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारतको भ्रमणको औपचारिक निमन्त्रणा पठाएका छन् । मौरिससमा आयोजित हिन्द महासागर सम्मेलनको साइडलाइनमा भारतीय समाचार च्यानलका पत्रकार सिधान्त सिबलसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण र नेपालको नयाँ परराष्ट्र नीतिका विषयमा विस्तृत जानकारी दिएका हुन् ।

परराष्ट्रमन्त्री खनालका अनुसार नेपालमा निर्वाचन सम्पन्न हुनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहलाई टेलिफोन गरेर बधाई दिएका थिए । सोही बधाई सन्देशमार्फत मोदीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिएको र प्रधानमन्त्री शाहले उक्त निमन्त्रणा स्वीकार गरिसकेको खनालले स्पष्ट पारेका छन् ।

भारत भ्रमणको मिति भने तत्काल तय भइसकेको छैन । मौरिससमै भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको पहिलो प्रत्यक्ष भेटवार्तामा परराष्ट्रमन्त्री खनालले द्विपक्षीय सम्बन्ध र आगामी भ्रमणबारे छलफल गरेका थिए ।

नयाँ सरकार गठन भएको भर्खर दुई हप्ता मात्रै भएकाले सरकारले अहिले आफ्ना आन्तरिक प्राथमिकताहरू तय गरिरहेको उनले भारतीय पक्षलाई जानकारी गराएका छन् । नेपाल र भारतबिच झण्डै ४० वटा विभिन्न द्विपक्षीय संयन्त्रहरू सक्रिय रहेको उल्लेख गर्दै खनालले ती संयन्त्रहरूमार्फत अघि बढ्ने जनाए ।

भारतीय विदेशमन्त्री जयशंकर र आफूबिच पहिले नेपालले आन्तरिक रूपमा आफ्ना प्राथमिकता तय गर्ने र त्यसैका आधारमा विभिन्न उच्चस्तरीय भ्रमणहरू सुरु गर्ने सहमति भएको उनले खुलाए । प्रधानमन्त्री शाहको भारत भ्रमणको उपयुक्त समय पनि अन्ततः द्विपक्षीय संयन्त्रहरूले नै निर्धारण गर्ने उनको भनाइ छ ।

नयाँ सरकारको परराष्ट्र नीतिको सन्दर्भमा पनि मन्त्री खनालले केही दिनअघि मात्रै प्रधानमन्त्री शाहले नेपालमा रहेका विदेशी कूटनीतिज्ञहरूलाई सम्बोधन गर्दै सरकार नयाँ हुँदैमा परराष्ट्र नीतिको निरन्तरता नतोडिने स्पष्ट पारेको प्रसंग उनले स्मरण गराए । नेपालको संविधानले नै परराष्ट्र नीतिका आधारभूत कुराहरू निर्दिष्ट गरेको उल्लेख गर्दै उनले क्षेत्रीय अखण्डता, सार्वभौमसत्ताको रक्षा, असंलग्नता र स्वतन्त्र परराष्ट्र नीति नै वर्तमान सरकारको पनि आधारभूत मूल्यमान्यता हुने प्रष्ट पारे ।

आफ्ना छिमेकी राष्ट्रहरू र विश्वभरका अन्य साझेदारहरूसँगको सम्बन्धलाई नेपालले मुख्यतया राष्ट्रिय हित र आर्थिक वृद्धिसँग जोडेर अगाडि बढाउने नीति लिएको छ । सरकारका सम्पूर्ण कूटनीतिक प्रयासहरू नेपालको द्रुत आर्थिक विकास र राष्ट्रिय स्वार्थमा केन्द्रित हुने परराष्ट्रमन्त्री खनालले अन्तर्राष्ट्रिय मञ्चबाट सन्देश दिएका छन् ।

यो पनि पढ्नुहोस्

आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

१४ घण्टा अगाडि
नेकपा गठन भएको ९ महिनापछि  धनकुटामा एकता

नेकपा गठन भएको ९ महिनापछि धनकुटामा एकता

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आर्थिक क्रियाकलाप अघि बढाउनु आजको आवश्यकता

स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्याे

प्रधानमन्त्रीले पुँजी बजार बारेमा विशेष छलफल गर्ने

१ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्ने

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक