मङ्ल, असार ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

विश्व बैंक नेपाल कार्यालयले आफ्नो अर्धवार्षिक अनुमान ‘नेपाल डेभलपमेन्ट अपडेट अप्रिल २०२६’ सार्वजनिक गर्दै यस्तो बताएको हो ।

खासगरी कृषि उत्पादनमा आएको कमी र खाडी मुलुकमा चर्किएको युद्धको असरले नेपालको अर्थतन्त्रमा समेत असर पारेको उसको भनाइ छ ।

यद्यपि, नयाँ सरकार गठन हुनु र आर्थिक सुधारका पक्षमा काम हुँदै जाँदा यो अवस्थामा अझ सुधार हुन सक्नेसमेत विश्व बैंकका अधिकारीहरूले जनाएका छन् ।

मध्यपूर्वमा जारी द्वन्द्व र भदौमा भएको आन्दोलनको प्रभाव अर्थतन्त्रमा देखिने समेत विश्व बैंकले जनाएको छ । गत आवमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत थियो । पुनर्निर्माण, जलविद्युत् विस्तार र स्थानीय तथा प्रदेश तहको निर्वाचनले आगामी आवमा भने आर्थिक वृद्धिदर ४.४ प्रतिशतसम्म पुग्ने अनुमान विश्व बैंकले गरेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आव दोस्रो त्रैमासमा ४.०५ प्रतिशत आर्थिक वृद्धि भएको थियो । सरकारले चालु आव ६.५ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखेको छ ।

 

विश्व बैंकले आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ का अनुसार सन् २०२६ मा सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित हुने देखिन्छ । विशेषगरी पर्यटन क्षेत्रमा कमी, ढुवानी खर्चमा वृद्धि र आपूर्ति शृङ्खलामा आउने अवरोधको मारमा अर्थतन्त्र पर्ने देखिएको छ ।

प्रतिवेदनले मध्यपूर्व द्वन्द्व लम्बिए पर्यटक आगमन घट्ने, रेमिट्यान्स (विप्रेषण) कम हुने र समग्र आर्थिक गतिविधि सुस्त हुने अनुमान गरेको छ । तर, राजनीतिक स्थिरता र संरचनात्मक सुधारले निजी लगानीकर्ताको आत्मविश्वास बढाउन सक्नेसमेत प्रतिवेदनमा उल्लेख छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक डेभिड सिसलेनले रोजगारी सिर्जना र आर्थिक सबलताका लागि निजी क्षेत्रको नेतृत्व बढाउन आवश्यक रहेको बताए ।

यसका लागि नेपालले व्यावसायिक वातावरण सुधार, पूर्वाधार विकास, पर्यटन, सूचना प्रविधि तथा कृषि व्यवसायजस्ता क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।

साउथ एसिया इकोनोमिक अपडेटले दक्षिण एसियाको आर्थिक वृद्धिदर समेत प्रभावित हुने देखाएको छ । सन् २०२५ मा ७ प्रतिशत रहेको वृद्धिदर यस वर्ष ६.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । विश्व ऊर्जा बजारमा आएको अवरोधले यस क्षेत्रको वृद्धिदरमा केही मन्दी आउने देखिएको छ ।

अन्य विकासोन्मुख देशका तुलनामा दक्षिण एसियाको वृद्धि अझै तीव्र रहने विश्व बैंकको प्रक्षेपण छ । विश्व बैंकले रोजगारी बढाउन सहरी विकास, पर्यटन र डिजिटल सेवाजस्ता क्षेत्रमा ध्यान दिन र व्यावसायिक नियमहरूमा पारदर्शिता ल्याउन समेत भनेको छ ।

यो पनि पढ्नुहोस्

प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?

मध्यपूर्बमा फेरि भयानक युद्ध : बिश्वनै गम्भीर संकटको चपेटामा 

१३ घण्टा अगाडि
गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न माग

गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न माग

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बाघको आक्रमणबाट एक महिला घाइते

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उरुग्वेमा नयाँ प्रशिक्षक डिएगो फोर्लान

गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न माग

नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु

रितेश शर्मामाथिको कुटपिट घटनामा संलग्नता नरहेको सांसद शाहको दाबी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक