काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्यालाई मध्यनजर गर्दै आवश्यक परेको खण्डमा जोर बिजोर प्रणाली लागू हुनसक्ने जनाएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ऊर्जा बचत गर्न सरकारले आह्वान गरेको जानकारी दिइन् । त्यसका लागि थोक ब्रिक्रि नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती समेत भइसकेको उनले जनाइन् ।
दीर्घकालीन गाडी रुपान्तरणको कानुनी व्यवस्था अघि बढेको पनि उनले जनाइन् । त्यसका लागि इथानोल नीतिमा तयारी भइरहेको सरकारको धारणा छ । त्यस्तै, सरकारले जनताको पीडा बुझ्ने बताउँदै सरकार पारदर्शी भएको मन्त्री रावलले बताइन् । ‘सरकार पारदर्शी छ, सत्य लुकाउँदैन । तर जनताको पीडा पनि बुझ्छ । ऊर्जा बचत गरौं, संयमित बनौं धन्यवाद,’ उनले भनिन् ।


