काठमाडौं। महान्यायाधिवक्तामा अधिवक्ता डा.नारायणदत्त कँडेल नियुक्त भएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले साेमबार अधिवक्ता कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार पनि मानिन्छ ।
यसअघि सुशीला कार्की प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेकी सविता भण्डारी बरालले राजीनामा दिएपछि महान्यायाधिवक्ता पद रिक्त थियो ।
डा. कँडेलले बेलायतको क्विन्स विश्वविद्यालयबाट कानुनमा विद्यावारिधि गरेका छन् ।


