काठमाडौं । विचौलिया व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई सम्पत्ति सुद्धिकरणको अनुसन्धान गर्न पक्राउ गरिएकाे छ । उनलाई नक्सालस्थित कार्यालयबाट पक्राउ गरिएको हो ।
उनलाई प्रहरीले केही दिनदेखि निगरानीमा राखेको थियो । अध्यागम विभागले समेत उनलाई ब्ल्याक लिस्टमा राखेर पासपोर्ट रोक्का राखेको थियो ।


